×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकामा एकै दिन १ लाख २६ हजार कोरोना संक्रमित थपिए

२६ कार्तिक २०७७

२६ कात्तिक, एजेन्सी ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमण पनि सबैभन्दा बढी छ ।

अमेरिकामा वितेको २४ घन्टामा मात्रै १ लाख २६ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ५५ लाखको हाराहारीमा पुगिसकेको छ ।

संक्रमणकै कारण मृत्यु हुनेको संख्या २ लाख ४५ हजार नाघिसकेको छ । विगत केहि साता अघिदेखि अमेरिकामा संक्रमण विगतको तुलनामा व्यापक रुपमा बढेको छ ।

अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको दौरान भएका प्रचार प्रसार लगायतका सार्वजनिक कार्यक्रमहरुले पनि संक्रमण बढाएको अनुमान गरिएको छ ।

संक्रमितको संख्याको आधारमा दोस्रो बढी प्रभावित मुलुक भारत हो । भारतमा वितेको २४ घन्टामा ४४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म ८६ लाख बढी संक्रमित भइसकेका छन् भने १ लाख २७ हजार बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । भारतमा पछिल्लो समय संक्रमण घट्दो क्रममा छ ।

पछिल्लो समय युरोपेली मुलुकहरुमा संक्रमण व्यापक रुपमा बढेको छ । दोस्रो लहरको संक्रमण अन्तर्गत् फ्रान्स, इटाली, स्पेन, जर्मनी, पोल्याण्ड लगायतका मुलुकमा दैनिक २० हजारभन्दा बढी छ ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ५ करोड १७ लाख नाघेको छ भने मृत्यु हुनेको विश्वव्यापी तथ्यांक पनि १२ लाख ७८ हजार भन्दा बढी छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top