प्रधानमन्त्रीको ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित

२ मंसिर, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्रीले आगामी ५ गते शुक्रबार नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । उनले घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रमसमेत थियो ।

भ्रमण तयारीका लागि सदरमुकाम फुङलिङबाट मंगलबारै ओलीका समर्थक तथा सुरक्षाकर्मीहरू त्यहाँ जाने तयारीमा थिए । फुङलिङ नगरपालिकाप्रमुख छत्रपति प्याकुरेलको अगुवाइमा जान लागेका सयौं कार्यकर्ता ट्याक्सी काउन्टरबाटै फर्किएको यात्राको समन्वय गरिरहेका गोपाल न्यौपानेले बताए ।

Advertisement

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए ।

सत्तारूढ नेकपामा बढ्दै गएको विवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भ्रमण स्थगन गरेको हुन सक्ने नेकपाका जिल्ला नेताहरूले बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top