×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

स्नातक तहको शैक्षिक सत्र खेर नजाने

४ मंसिर २०७७

काठमाडौँ: कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिनुभयो । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।
मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुरु भएकोमा यस वर्ष एक महिनाको हाराहारीमा मात्रै समय फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

थप २० करोड लागत
परीक्षा नियन्त्रक जोशीले रोकिएको परीक्षाका कारण विश्वविद्यालयलाई झन्डै २० करोड रुपियाँ परीक्षा सञ्चालनमा थप खर्च हुने देखिएको जानकारी दिनुभयो । रोकिएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्दा तत्कालका लागि विगतको तुलनामा २० करोड रुपियाँ बढी खर्च हुने देखिएको जनाइएको छ । लाखौँ विद्यार्थीको भविष्य र विश्वविद्यालयको उच्च शिक्षाको कक्षा निरन्तर सञ्चालन हुने नै मुख्य कुरा भएकाले यसलाई नै प्राथमिकतामा राखिएको जनाइएको छ ।

सङ्क्रमितको परीक्षा १५ मिनेटपछि
यसैबीच विश्वविद्यालयले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि परीक्षा सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिनेछ ।

साधारण विद्यार्थीसित सङ्क्रमित विद्यार्थीको सम्पर्क भेटघाट नहोस् भन्ने हिसाबले १५ मिनेटपछि परीक्षा सुरु गर्ने व्यवस्था मिलाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो । सङ्क्रमित विद्यार्थी परीक्षाका लागि तोकिएको समयभन्दा १५ मिनेट ढिला गरी परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रमा अलग्गै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top