×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भेरीमा ६ वर्षदेखि जलयात्रा अलपत्र

४ मंसिर २०७७

जाजरकोट: प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्‍याप्टिङ) अलपत्र परेको छ । भेरी नदीको रिम्ना बजारदेखि जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्‍याप्टिङ सञ्चालन गर्ने गरी सुरु गरिएको थियो ।

पूर्वाधार निर्माणबिनै हचुवामा सुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीय राजु शर्माले बताए । ‘जलयात्रा सञ्चालन नहुँदा जिल्लाको पर्यटन प्रवर्द्धन हुन सकेको छैन,’ उनले भने, ‘भेरी नदी आसपासका क्षेत्रमा आर्थिक गतिविधि सुनसान छ ।’

Advertisement
Advertisement

नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि, सुर्खेतले जलयात्रा सुरु गरेको थियो । एडभेञ्चरले दुइटा डुंगा ल्याएर नदीमा जलयात्रा सुरु गरे पनि दीगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताए । ‘अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम छ,’ उनले भने, ‘जलयात्रा सुचारु गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्थ्यो ।’ उनका अनुसार भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न २ घण्टा समय लाग्ने गरेको छ । पर्यटन प्रवर्द्धनमा स्थानीय सरकार गम्भीर नभएको उनको आरोप छ ।

Advertisement

अर्का व्यवसायी गोपी वुढाले भेरी नदीमा डोल्पाको दुनैदेखि बर्दियासम्म सहजरुपमा जलयात्रा गर्न सकिने बताए । उनका अनुसार पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको हो । जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top