दोस्रो दिन नौवटा नाटक मञ्चन

विराटनगर÷ विद्यालय स्तरीयको नाटक उत्सवको दोस्रो दिन नौ वटा नाटक मञ्चन भएको छ । शनिवार मोरङका नौ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले नाटक मञ्चा गरेका हुन् ।

सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय वाई वाई नाटक उत्सव मोरङ २०७५ को दोस्रो दिन लक्ष्मी माबी लेटाङका विद्यार्थीले ‘म यो झोला बोक्दिन’, मोदर मधुमल्ला स्कुलका विद्यार्थीले ‘सोच’ नाटक मञ्चन गरेका थिए ।

त्यस्तै सृजना आधारभूत विद्यालय उर्लाबारीले भेदभाव, क्वेस्ट स्कुल सलकपुरका विद्यार्थीले आखा खुल्यो, पूर्वाञ्चल विद्या सदन विराटनगरका विद्यार्थीेले गीता, भानु मेमोरियल स्कुल रंगेलीका विद्यार्थीले अन्धो समाज नाटक मञ्चन गरेका थिए ।

Advertisement

त्यस्तै स्कलर्स होम सुन्दरहरैचाले अन्धविश्वास, पूर्वाञ्चल एकेडेकी सुन्दर हरैचाले पैसा, र मोर्डन एरा स्कुल विराटनगरका विद्यार्थीले मेरो भगवान नाटक मञ्चन गरेको प्रशिक्षक सुरबी सापकोटाले जानकारी दिइन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top