आफ्ना नागरिक फिर्ता गर्न दक्षिण कोरियालाई उत्तरको आग्रह

प्योङयाङ, ६ जेठ ः उत्तर कोरियाले दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न माग गरेको छ । 
करिब दुई वर्षअघि आफ्नो देशका ती नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीहरुले अपहरण गरेर लगेको बताएका उत्तर कोरियाको भनाई छ ।

ती महिलालाई मुक्त गरी स्वदेश फिर्ता गर्न उत्तर कोरिया सरकारले माग गरेको उत्तर कोरियास्थित रेडक्रस सोसाइटीका प्रमुखलाई उद्धृतगर्दै उत्तर कोरियाको सरकारी समाचर समिति केसिएनएले जनाएको छ ।

ती महिलालाई दक्षिण कोरिया विरोधी क्रियाकलापमा लागेको भनेर अपहरण गरिएको थियो । उनीहरुलाई उत्तर कोरियाबाट नभएर उनीहरु कार्यरत रहेको अर्कै देशबाट अपहरण गरेर त्यहाँ ल्याइएको थियो ।

Advertisement

उक्त अपहरणको उत्तर कोरियाले सो समयमै विरोध गरेको थियो । उनीहरुलाई तुरुन्त रिहा गरेर पछिल्लो समयमा विकसित शान्ति र सौहार्द वातावरणको सम्मान गर्न उत्तरले आग्रह गरेको हो ।

सैन्य अभ्यास रोक्न पुनः आग्रह 

Advertisement

यसैगरी उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न फेरि पनि आग्रह गरेको अर्काे एक समाचारमा जनाइएको छ ।

सोही सैन्य अभ्यास सोलमा जारी रहेको भन्दै उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बुधबार बस्ने भनिएको बैठकसमेत उत्तर कोरियाले रोकेको थियो ।

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ । उक्त सैन्य अभ्यास रोक्न उत्तर कोरियाले बिहीबार पनि आग्रह गरेको थियो ।

दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ ।

दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचार पछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ ।

सो सैनिक अभ्यासले दुई कोरियाबीच गएको अप्रिल २७ मा भएको शान्ति सम्झौताको पनि उल्लंघन गरेको उत्तर कोरियाको भनाइ छ ।

गत बिहीबार गरेको आग्रहमा उत्तर कोरियाले उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । अमेरिका र उत्तर कोरिया सो वार्ताका लागि तयारीमा रहेको बताइरहेका छन् ।

शान्ति सम्झौताको पालना गर्न माग 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार उत्तर कोरियाले दक्षिण कोरियासँग केही हप्ता अघि भएको समझदारी र शान्ति सम्झौताको पालना गर्न पनि आग्रह गरेको छ ।

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक वार्ता र शान्ति सम्झौता भएको थियो ।

उक्त शान्ति सम्झौताको कार्यान्वयनका लागि आफुले त्यसै बमोजिमको काम गरिरहेको भए पनि दक्षिण कोरियाका तर्फबाट भने त्यसको पालना हुन नसकेको उसको आरोप छ ।

उत्तर कोरियाले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गरिसकेको जनाएको छ । उत्तरले आफुले आणविक अस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ ।

सोलमा जारी रहेको सैन्य अभ्यासको विषयलाई लिएर उत्तर कोरियाले दक्षिणलाई गम्भीर प्रश्न गरिरहेको छ ।

आफूहरुले आणविक परीक्षणस्थल भत्काउने, आणविक अस्त्रको उत्पादन रोक्ने तथा आफ्नो जेलमा रहेका अमेरिकी र दक्षिण कोरियाली अधिकारीलाई पनि रिहा गरिरहेको तर दक्षिणले भने केही नगरेको उत्तरको आरोप छ ।

उत्तर कोरियाले भने दक्षिणले सोलमा जारी राखेको सो सैन्य अभ्यासबाट गएको अप्रिल २७ मा दुई कोरियाबीच भएको सम्झौताको उल्लंघन भएको जनाएको छ ।

रासस

 

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top