६ मंसिर, कास्की ।
विगतमा बाह्य पर्यटकले मात्र प्याराग्लाइडिङ गर्ने गरेकोमा अहिले आन्तरिक पर्यटकको मागका कारण पोखरामा प्याराग्लाइडिङ गर्नेको घुइँचो लागेको छ ।
कोभिड-१९ का कारण ६ महिनासम्म ठप्प भएको अवस्थामा प्याराग्लाइडिङ व्यवसायीले शुल्कमा कटौती गरेपछि आन्तरिक पर्यटक यसतर्फ आकर्षित भएका हुन् ।
काठमाडौं, चितवन, बुटवल, धरान र पाल्पाबाट समेत आन्तरिक पर्यटक आउन थालेपछि प्याराग्लाइडिङ गर्नका लागि दुई-तीन दिनअघीनै बुकिङ गर्नुपर्नेअवस्था सृजना भएको छ । फेवातालमाथिको आकाश नै ढाकिने गरी अहिले दैनिक ६ सय वटा उडान हुने गरेको छ ।