मापदण्ड नपुगको क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

६ मंसिर ७७, आइतबार

७ मंसिर, काठमाडौं।

Advertisement

मापदण्ड नपुर्‍याई सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयको निर्देशन अनुसार कतिपय जिल्लामा क्रसरहरु बन्द भएका छन् भने कतिपय जिल्लाका प्रशासन कार्यालयले मापदण्ड पुगे वा नपुगेका क्रसरहरु उद्योगहरुबारे अध्ययन थालेका छन ।

धादिङमा सञ्चालित सबै क्रसर उद्योग र ढुङ्गा खनी, बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन गरेको छ ।

Advertisement

तोकिएको मापदण्ड पूरा नगरेका खानी र उद्योगहरु तत्काल बन्द गर्न सरकारले निर्देशन गरेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका खानी र क्रसर उद्योग बन्द गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

खानी तथा उद्योगले यसअघि उत्पादन गरी मौज्दातमा रहेका उत्पादित सामग्रीहरुको बारेमा विस्तृत विवरण प्राप्त भएपछि मात्रै ती सामग्री बिक्री गर्न पाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्लाभर ६५ ओटा बालुवा प्रशोधन गर्ने फिरफिरे र ३३ ओटा क्रसरहरु सञ्चालनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top