१० वर्षपछि एटलेटिको म्याड्रिडसँग हार्याे बार्सिलोना

६ मंसिर ७७, आइतबार

७ मंसिर, एजेन्सी ।

एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोले १-० को जित दर्ता गर्दा यानिक फरेर करास्को जितको नायक बने ।

उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । सन् २०१० पछि एटलेटिकोले पहिलो पटक बार्सिलोनालाई हराउँदा डिएगो सिमिओनीले पहिलो पटक बार्सिलोनालाई पराजित गरेका हुन् ।

खेलको चौथो मिनेटमा नै बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । ओस्मान डेम्बेलेको पासमा एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा माथि गएको थियो । लगत्तै अर्कोतर्फ साउल निगुएजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै खेल गोलरहित राखे ।

दशौं मिनेटमा एन्जल कोर्रियाको पासमा मार्कोस लोरेन्टेको प्रहार क्रसबारमा लागेर बहिरिंदा एटलेटिको अग्रता लिनबाट चुकेको थियो । त्यसअघि कोर्रियाकै क्रसलाई पिकेले गोलपोस्ट अगाडी क्लियर गर्दै खतरा टारेका थिए । १३ औं मिनेटमा लिओनेल मेस्सीको चिप प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा खेल बराबरीमा नै रहयो ।

४० औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले अग्रता दिलाउने अर्को अवसर चुकाए । जोर्डी अल्बाले डिफेन्स लाइनलाई बिट गर्दै निकालेको पासमा मेस्सीले वन भर्सेस वनमा फितलो प्रहार गरेपछि गोलरक्षक जान ओब्लाकले सहज बचाउ गरे ।

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा यानिक फरेरा करास्कोले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए । काउन्टर अट्याकमा अघि बढेको एटलेटिकोका लागि करास्कोले झन्डै ४० यार्ड टाढाबाट खाली पोस्टमा गोल गरे । एन्जल कोर्रियाले मिडफिल्डबाट डिफेन्सलाई बिट गरेर दिएको पास लिन निकै अघि बढेका गोलरक्षक टेर स्टेगनलाई करास्कोले नटमेग गरेपछि खाली पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा बार्सिलोनाले खेल बराबरी गर्ने अवसर गुमायो । मेस्सीको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका क्लेमेन्ट लेङलेटले हेडर प्रहार सिधै गोलरक्षक ओब्लाकको हातमा दिए । ६९ औं मिनेटमा फेलिक्सले लामो दुरीबाट गरेको परार पोस्टसम्म पुग्न सकेन ।

७२ औं मिनेटमा करास्कोले पेनाल्टी क्षेत्रको दायाँ तिरबाट गरेको प्रहार बाहिरियो । ८० औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फ्रिकिक वालमा लाग्दै बाहिरियो । त्यसको एक मिनेटपछि नै मेस्सीको क्रसमा ग्रिजमनको हेडर गोलरक्षकले डाइभ दिँदै बचाए ।

८९ औं मिनेटमा सर्जी रोबर्टोको प्रहार एटलेटिकोका डिफेन्डरलाई लाग्दै बाहिरियो । उक्त प्रहार गर्ने क्रममा चोट बोकेपछि रोबर्टोले मैदान छाडेका थिए । त्यसअघि खेलको ६२ औं मिनेटमा चोटका कारण डिफेन्डर जेरार्ड पिके पनि बाहिरिएका थिए ।

यस जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एटलेटिकोले ८ खेलमा २० अंक जोड्दा सोसिडाडले एक खेल बढी खेलेको छ । बार्सिलोना भने ८ खेलमा ११ अंकसहित अंक तालिकाको दशौं स्थानमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top