×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हिउँदका लागि २५० मेगावाटसम्मको बिजुली भारतबाट आयात गरिने

७ मंसिर २०७७

७ मंसिर, काठमाडौं । यसपालि हिउँदका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ ।

२ सय ५० मेगावटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

Advertisement

‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफनै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भइरहेको छ ।’

गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४ सय केभीमा चार्ज भइ भारतबाट ४ सय केभीमा पहिलो पटक बिजुली प्रवाह भएको थियो । यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी बर्खामा ५ सयदेखि ६ सय मेगावाटसम्म निर्यातको बाटो खुलेको छ ।

यसैगरी नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केबर–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकी रहेको काठमाडौंदेखि ढल्केबरसम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोडेको छ ।

नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हाल्नु भएका हितेन्द्रदेव शाक्यले अब उक्त समस्या समाधान भई आइतबार दिउँसोबाट सो लुप चालु रहेको जानकारी दिए । उनले दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको जानकारी दिए । यसको प्रत्यक्ष फाइदा जाडो याममा देखिने उनले बताए।

अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो त्यँही लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ ।

Advertisement

शाक्यले त्यहाँको समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु–जोड्नुपर्ने बाध्यता पनि अब हट्ने दाबी गरे ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top