दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो, अनुसन्धान सुरु

हवाना, क्युवा, ६ जेठ ः क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ११० पुगेको छ ।

क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरुलाई दिएको जानकारी अनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरु ११ जना विदेशी नागरिक छन् ।

मृत्यु भएका विदेशीहरुमा चालक दलका छ जना सदस्य मेक्सिकोका छन् ।

Advertisement

दुर्घटनामा परेका मध्ये १९ बर्षका मैलेन, २३ बर्षका ग्रेटेल लान्ड्रोभेल र ३९ बर्षका इमिली सन्चेज गरी तीन जना मात्र जिवित रहेका थिए ।

उनीहरुको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यसैबीच दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटिएको छ । अधिकारीहरुले एउटा ब्ल्याक बक्स भेटिएको र यसका आधारमा अनुसन्धान सुरु गरिएको बताएका छन् ।

Advertisement

अधिकारीहरुले ब्ल्याक बक्स भेटिएपछि यसबाट अनुसन्धानको काम अब सजिलो हुने पनि बताएका छन् ।
क्युबामा सन् १९८० पछि पहिलो पटक यति भीषण दुर्घटना भएको हो । त्यसैले यहाँको सरकारले शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

रासस

 

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top