×

NEPAL TIMES UPDATES

Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026

ओली समूहका गतिविधिले दाहाल–नेपाल समूह सशंकित, देउवासँगको भेटलाई लिएर आशंका

८ मंसिर २०७७

काठमाडौँ : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावको जवाफी प्रस्ताव लेख्न दस दिनको समय मागेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला भेटघाटलाई लिएर दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सशंकित भएको छ ।

अन्तिम समयमा मंसिर ३ को सचिवालयमा बैठकमा सहभागी भएका ओलीले कार्यकारी अध्यक्ष दाहालको प्रस्तावको जवाफी प्रस्ताव लेख्न समय मागेका थिए ।

Advertisement
Advertisement

त्यसैअनुसार नेकपाको सचिवालयको अर्को बैठक मंसिर १३ का लागि बोलाइएको छ । तर, मंसिर ३ यता प्रधानमन्त्री ओली आफैंले गरेका भेटघाट र उनको समूहले गरेका गतिविधिले दाहाल–नेपाल समूहलाई सशंकित पारेको छ । पार्टीभित्र बढ्दो विवादसँगै प्रधानमन्त्री ओलीले भेटवार्ता बढाएका छन् । ‘प्रधानमन्त्रीका भेटवार्ता पार्टी एकताका पक्षमा छैनन् र गतिविधि पनि उस्तै छन्,’ दाहाल–नेपाल समूहका एक नेताले भने ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको विषयलाई पनि दाहाल–नेपाल समूहले शंकाको नजरले हेरेको छ । नेकपा विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बालुवाटारमा विपक्षी दलका नेतासँग लामो भेटघाट गर्नु अर्थपूर्ण रहेको दाहाल–नेपाल समूहका नेताहरुको भनाई छ ।

करिब डेढ घन्टा लामो भेटबारे प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको सचिवालयबाट औपचारिकरुपमा केही प्रतिक्रिया आएको छैन । संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।

दाहालको राजनीतिक प्रस्तावमा देश र पार्टीका लागि प्रधानमन्त्री ओलीले त्याग गर्नुपर्ने बेला आएको भन्दै अप्रत्यक्षरुपमा राजीनामा नै मागिएको छ । पार्टीभित्र सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र बहुमत सदस्य आफ्नोविरुद्ध रहेको बेला प्रधानमन्त्री ओलीले विपक्षीसँग सहकार्यको विकल्पमा समेत संवाद गरेको कतिपयको आंशका छ ।

भेटतर्फ लक्षित गर्दै कांग्रेस प्रवक्ताले विश्वप्रकाश शर्माले लेखेका छन्, ‘पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौँ, रहनेछौँ। नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौँ । अतः यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौँ ।’

उता यसैसन्दर्भमा वरिष्ठ नेता नेपालनिकट मानिने केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक संजालमार्फत प्रश्न उठाएका छन्,‘भयानक र विभत्स दुर्घटनाहरू फराकिला र खुला राजमार्गहरूमा भए जस्तै कतै सुविधाजनक बहुमत र सहज अवस्थामा भएको नेकपामा दुर्घटना हुने त होइन भन्ने त्रास बढेको छ । पार्टी नै फुटेछ भने पहिले कसले निहुँ खोजेको थियो भन्नुको के अर्थ रहला र ? गालामा थप्पड परेपछि दायाँ हात होस् कि बाया हात !’

आइतबारमात्रै प्रधानमन्त्री ओलीले बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग सामूहिक छलफल गरेका छन् । शनिबार नै भएका अरु घटनाक्रमले पनि दाहाल–नेपाल समूहलाई सशंकित पारेको छ, जसलाई लिएर सो समूहका नेताहरुले विज्ञप्ति नै निकालेर असन्तुष्टि प्रकट गरेका छन् । शनिबार चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी भएको थियो भने सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले जबजका पक्षमा प्रदेशस्तरीय भेला गरेको थियो ।

चितवनको राप्ती नगर कमिटी बैठकमा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री पाण्डेले सम्बोधन गरिरहँदा ओली समूहका कार्यकर्ताले नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका थिए । घटनाको वरिष्ठ नेताहरु झलनाथ खनाल, नेपाल र प्रवक्ताले भत्र्सना गर्दै छानविनको माग गरेका छन् । स्थायी कमिटी सदस्य पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ ।

शनिबार नै मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशले जनताको बहुदलीय जनवाद विषयमा खेलाडीहरू स्वागत तथा प्रदेश भेला गरेको थियो । पार्टी फुटाउने उद्देश्यले ओली समूहले भेला गरेको दाहाल–नेपाल समूहको आंशका छ ।

Advertisement

त्यस अगाडि मंसिर २ मा प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत हाउ यान्छीसँग डेढ घन्टा संवाद गरेका थिए । भेटबारे प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा केही बताएको छैन । नेकपा विवाद हुँदा विगतमा पनि चिनियाँ राजदूतले प्रधानमन्त्रीसहित नेकपाका नेताहरुसँग भेट गर्ने गरेकी थिइन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

सम्बन्धित खबरहरु

Scroll to Top