सल्यानमा यात्रुबहाक बस दुर्घटना, २० घाइते, एकको अवस्था गम्भीर

विराटनगर, जेठ ६ ः सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी २० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ ।

Advertisement

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

सल्यानका डिएसपी भरतबहादुर बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top