कोरोना विरुद्धका खोप: कानुनी बाटाे खुल्याे, भण्डारण समस्या, क्षमता थप्ने तयारी

८ मंसिर ७७, मंगलबार

काठमाडौ: कोरोना भाइरसको खोप बनेको समाचार दैनिक रुपमा आइरहेका छन् । खोप बनेसँगै त्यसको अन्तिम परीक्षण गर्ने र त्यसलाई कसरी विश्वका सबै देशमा पु¥याउन सकिन्छ भनेर कोभ्याक्स टिम (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) तयारी थालेको छ ।

अहिले नेपालमा माइनस १८ डिग्रीसम्म खोपको भण्डारण गर्न सक्ने क्षमता छ । अहिले भएको क्षमतामा केही थप गरेमा डब्ल्युएचओले उपलब्ध गराउने तीन प्रतिशत खोप भण्डारण गर्न सक्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । अहिले हामीसँग भएको भण्डारणमा केही थप गरेमा तीन प्रतिशतमा पुग्ने भण्डारण गर्न सक्छ ।

त्यस्तै नेपालमा विगतदेखि नै भण्डारण गर्दै आएको र २ डिग्रीदेखि ८ डिग्रीसम्मको आठ लाख डोज भण्डारण गर्न सक्ने क्षमता नेपालसँग रहेको डा. शर्माले भन्नुभयो ।

अन्तिम परीक्षण पूरा भएमा र यसले कोभिडको संक्रमण रोक्ने पुष्टि गरेमा विश्वका धनी, गरिब सबै देशका कम्तीमा तीन प्रतिशत फ्रन्र्ट लाइनरहरुलाई एकै पटक खोप लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकको टोलीले कोरोनाको खोप बारे निर्णय गरेसँगै एक पटक विश्वका तीन प्रतिशत देशका नागरिकलाई खोप लगाउँछ ।

विश्वका धेरै देशहरुमा कोरोनाको खोपको अन्तिम परीक्षणको तयारीमा रहेको बेला नेपाल सरकारले समेत खोप बारे चासो देखाएको छ । खोप आउन सक्ने मिति, भण्डारण तथा वितरण कसरी गर्ने भनेर सरकारी संयन्त्रले यसको तयारी थालेको छ ।

शाखा प्रमुख डा. गौतमले नेपाल खोप ल्याउन सक्ने सम्भावनाको आधारमा तयारीको अवस्थामा रहेको बताउनुभयो । ‘खोप उत्पादन भएसँगै धनी, गरिब सबै देशका नागरिकलाई एकै पटक विश्व स्वास्थ्य संगठनले खोपको भाइल उपलब्ध गराउँछ’ डा.गौतमले थप्नुभयो, ‘त्यसको लागि कोभ्याक्सले सबै देशमा खोप उपलब्ध गराउँदैछ ।’

विश्वका धेरै मुलुकमा भ्याक्सिन परीक्षण सफल भएको समाचार आएसँगै नेपालले त्यसको तयारी थालिसकेको छ । नेपालले पहिलो चरणमा खोपका भाइलहरु नेपाल ल्याएर कसरी भण्डारण गर्ने र त्यसको स्टोरेज कसरी गर्ने भनेर छलफल सुरु गरेको छ । त्यसको तयारीस्वरूप विभिन्न निकायका पदाधिकारी समेटेर एउटा कार्यदल गठन गरेको छ । सो कार्यदलको सदस्य सचिव समेत रहनुभएका डा. गौतम सरकारले खोप भण्डारणलगायका बिषयमा गृहकार्य गरिरहेको छ । कार्यदलले नेपालमा कसरी खोप ल्याउन सकिन्छ भन्ने तयारीका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारदेखि पैसा संकलन गर्ने योजनामा छ ,। खोप किन्न कानुनी बाधा फुकेसँगै आर्थिक समस्या नभएको कार्यदलकाे निस्कर्ष छ । कार्यदलमा परराष्ट्र मन्त्रालयका सचिव र अर्थ मन्त्रालयका सचिव सदस्य हुनुहुन्छ ।

महामारी तथा संक्रमणका बेला सहज रुपमा खोपका भाइलहरु ल्याउन सहज बनाउन नेपालले कानुनी बाधा अड्चन फुकाउने प्रयासस्वरुप राष्ट्रपतिबाट एउटा अध्यादेश स्वीकृत भैसकेको डा.शर्माले बताउनुभयो । ‘औषधि ऐन २०३५ का केही प्रावधान संशोधन गर्न ल्याइएको यो अध्यादेशले आपतकालीन रूपमा औषधि तथा यस्ता खोप ल्याउने कानुनी बाटो खुला भएसँगै त्यसको भण्डारण कसरी गर्ने भनेर प्रयास गरिरहेका छौ’ डा.शर्माले भन्नुभयो । यो अध्याधेश आएपछि नेपालले अरु देशमा कोरोनाको खोपको राम्रो काम गरेमा नेपालमा सिधै दर्ता भएर सो खोपको प्रयोग गर्न सकिने बाटो खुला भएको हो ।

विश्वका कुनै पनि देशमा उत्पादन भएका खोपहरुको प्रयोगको अनुमति विश्व स्वास्थ्य संगठनले कसैलाई पनि अनुमति दिएको छैन । तर जनवरीदेखि फेब्रुअरीसम्ममा खोपको अनुमति दिने संम्भावना भएसँगै नेपालले समेत त्यसको भण्डारण गर्नको लागि तयारी थालेको छ । विश्वमा अमेरिका, चीन, रुसमा खोपको परीक्षणको अन्तिम चरणमा छन् । त्यसको अनुमति पाएसँगै एकैपटक विश्वका तीन प्रतिशत जनतामा खोप लगाइनेछ । बाँकी २० प्रतिशत खोप ल्याउने सम्बन्धित देशको सरकारको भूमिकाको आधारमा निर्भर हुने डा. गौतमले स्पष्ट पार्नुभयो । खोपको ‘फाइनल’ तथ्याङ्क आइसकेकाे छैन । खोपको फाइनल आएसँगै त्यसको अनुमति बिक्री, वितरण र प्रयोगका लागि त्यही तथ्यांक विश्लेषण आधार तय गरिनेछ ।

तीन प्रतिशत खोप विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने
धनी तथा गरिब देशहरुका नागरिकले समान रुपमा खोप पाउन् भनेर कोभ्याक्सले साझा तथा समानुपातिक रुपमा काम गरिरहेको छ । ‘डब्ल्युएचओ’ नेपाल सदस्य राष्ट्र भएको र नेपाललाइ भ्याक्सिन उपलब्ध गराउनेछ । ‘अब आउने भ्याक्सिनको भण्डारण कसरी हुन्छ भन्ने बारेमा हामीले अध्ययन थालेका छौ’ डा.शर्माले भन्नुभयो । नेपालले कोभ्याक्सलाई पछ्याइरहेको छ । विश्वमा भ्याक्सिनबारे कहाँ के कस्तो विकास भइरहेको छ भन्नेबारे कोभ्याक्समार्फत अपडेट लिएर त्यसको तयारीमा नेपाल सरकार लागेको छ ।

कोभ्याक्सले नेपालजस्ता गरिब देशका लागि सुरुमा कूल जनसंख्याको करिब २० प्रतिशतलाई पुग्ने भ्याक्सिन दिनसक्ने भए पनि सुरुमा तीन प्रतिशत मात्रै भ्याक्सिन उपलब्ध हुने भएकाले त्यो उपलब्ध भएमा भण्डारण गर्ने तयारीमा सरकार लागेको छ । पछि बाँकी भाइल पठाउँछ ।

२० प्रतिशत खोपबारेमा डब्ल्युएचओको निर्णय आएको छैन
एकै पटक हरेक देशका २० प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउने कुरा भए पनि त्यसबारे डब्ल्युएचओले कुनै पनि आधिकारिक निर्णय भने गरेको छैन । सरकारले तीन प्रतिशत नागरिकमा खोप सफल भएमा बाँकी २० प्रतिशत नागरिकमा खोप उपलब्ध गराउन सक्छ । तर आर्थिक साझेदारीको आधारमा भर पर्ने भएकाले २० प्रतिशत खोप अनुदानमा दिइने हो वा केही पैसा तिरेर ल्याउनुपर्ने भन्नेबारे अहिलेसम्म डब्ल्युएचओले केही पनि निर्णय भने गरेको देखिदैन । सरकारले खोप प्रभावकारी भएमा ‘जिटुजी’ प्रक्रियाबाट खोप किन्ने निर्णय भएकाले सिधै खोप किन्न सक्छ । त्यसका लागि टेण्डर लगायतको लामो प्रकृयाभन्दा छिटाेछरिताे बाटोबाट खोप खरिद गर्न सकिनेछ ।

भण्डारमा हुनसक्छ समस्या
नेपालमा माइनस २ देखि ८ डिग्रीसम्मको खोपको भण्डारमा केही तयारी गरेमा मात्रै सकिन्छ । तर धेरै कम्पनीहरुले माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने खोप ल्याउने चर्चा छ । त्यसले खोप भण्डारण तथा विदेशबाट खोप ल्याउन पनि प्राविधिक समस्या देखिन सक्छ ।

नेपालमा पहिलो चरणमा आउने खोप भनेको ‘डब्ल्युएचओ’ मार्फत हो । यो नेपालमा निःशुल्क आउँछ । तर त्यो कसरी भण्डारण गर्ने भन्ने बारेमा नेपालले कस्तो भण्डारणको तयारी गर्ने भन्ने कुरा पनि अन्योल छ डा.गौतमले भन्नुभयो । ‘ हामीसँग माइनस १८ सम्म भण्डारण गर्न अहिले भएको उपकरणमा केही थप गरेमा भण्डारण गर्न सक्छौ तर जनवरीसम्ममा खोपको फाइनल रिजल्ट आएसँगै थप कुरा गर्न सकिन्छ’ शर्माले स्पष्ट पार्नुभयो ।

के नेपालले पहिलो लटमा खोप किन्न सक्छ कि सक्दैन ?
विश्वका सम्पन्न भनेका देशहरुले खोपको विभिन्न चरण पार गरेर अन्तिम चरणको खोपका काम गरिरहेका छन् । चीनकै कुरा गरौं उसले तीनवटा खोपको अन्तिम चरणको सफल परीक्षण गरेको छ । उसले आफ्ना नागरिक तथा सैनिकहरुमा खोपको सफल परीक्षण गरिसकेको छ । विश्वका धेरै कम्पनीसँग धेरै मुलुकले पहिलो लटमा औषधि पाउने गरी सम्झौता गरेका छन् । यसले नेपाले सुरुमै खोप पाउने संम्भावना छैन ।

बायोएनटेक, मोडेर्ना, फाइज र चीन, बेलायत, अमेरिका, रुसका कम्पनीले उत्पादनको अन्तिम चरणमा गरिरहेको खोपका अर्बाै डोज धनी देशले अग्रिम ‘बुकिङ’ गरिसकेको समाचार बाहिरिए पनि कम्पनीहरुले सुरुको लटमा करोडको हाराहारीमा मात्रै उत्पादन गर्न सक्ने प्रतिक्रिया दिइसकेका छन् ।

अरु देशले पाउँदा नेपालले पनि सुरुकै लटमा खोप पाउने नेपालका सरकारी अधिकारी बताउँछन् ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top