विद्यालयमै मृत भेटिए विद्यार्थी 

६ जेठ ७५, आइतबार
Share this
762shares

महेन्द्रनगर, धनुषा, ६ जेठ ः जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक विद्यार्थी मृतावस्थामा फेला परेको छ ।

Advertisement

जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धिरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धिरेन्द्र त्यस बोर्डिङ स्कूलमा होस्टेलमै बस्ने गरेका थिए । राति होस्टेलको ग्रिलमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा उनका साथीहरुले देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराएका थिए ।

Advertisement

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनास्थलबाट बरामद सामानहरु प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक थपलियाले घटना रहस्यमय भएको बताउँदै शव परीक्षणको प्रतिवेदन आएपछि मात्र हत्या वा आत्महत्याबारे भन्न सकिने जानकारी दिए।

यसैबीच, मिथिला मन्टेश्वरी स्कूलमा विद्यार्थीको रहस्यमय मृत्यु भएपछि प्याब्सन धनुषा, एनप्याब्सन धनुषा र मधेश प्याब्सन धनुषाले एकदिने शोक बिदा घोषणा गरेको छ ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top