×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शक्तिशाली तुफान र भारी वर्षाका कारण दक्षिण भारतमा जनजीवन प्रभावित

११ मंसिर २०७७

११ मंसिर, एजेन्सी ।
निवार नामक शक्तिशाली तुफानका कारण दक्षिण भारतमा भारी वर्षा र तीब्र गतिमा हावा चलेको छ ।

तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा निरन्तर भारी वर्षा हुनुका साथै तीब्र गतिमा हावा चलिरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।

हावाको रफ्तार १ सय २० देखि १ सय ४५ किलोमिटर प्रतिघण्टा रहेको मौसम विज्ञान विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

तमिलनाडु र पुण्डुचेरीका एक हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । चेन्नई र पुण्डुचेरीमा अझै तीन घण्टा भारी वर्षा र तीब्र गतिमा हावा चल्ने चेतावनी दिइएको छ ।

तुफानका कारण दक्षिण–पश्चिम रेलवेले एक दर्जन भन्दा धेरै रेल सेवा आजका लागि बन्द गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि ३० टिम तयार पारिएको छ ।

मौसम विभागका अनुसार दक्षिण आन्ध्र प्रदेशको तटवर्ती क्षेत्रमा पनि भारी वर्षा र तीब्र गतिमा हावा चल्ने सम्भावना छ ।

निवार तुफानका कारण तमिलनाडुका १३ जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । अहिले चक्रवात उत्तर पश्चिम दिशा तर्फ बढिरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top