×

NEPAL TIMES UPDATES

Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026

समाजवादी काँग्रेसले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने

७ जेष्ठ २०७५

काठमाडौँ, ७ जेठ ः नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ ।

समाजवादी काँग्रेसले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा ग¥यो ।

Advertisement
Advertisement

पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दू राज्य स्थापना गर्न आन्दोलनको घोषणा गरिएको बताए ।

सरकार पछिल्लो समय दमनकारी बाटोमा लागेकाले जनताले अधिकार पाउन नसक्ने उनले दाबी गरे ।

पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए । शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा पार्टी कार्यालयमा सरकारले धरपकड गरेकामा उनको आपत्ति थियो ।

“सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन, अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं”, महासचिव निरौलाले भने ।

पार्टीले वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यसलगत्तै प्रहरीले पार्टी कार्यालयबाट केन्द्रीय सदस्य पार्वती थापासहित कार्यकर्तालाई गिरफ्तार गरी छ दिनपछि रिहा गरेको थियो ।

सो दिन प्रहरीले समाजवादी काँग्रेसको बानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कागजपत्रसमेत लगेको थियो । त्यसयता बन्द रहेको सो पार्टीको कार्यालय पनि आजै पत्रकार सम्मेलन गरेर खोलिएको छ । छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्नेसमेत सो अवसरमा जानकारी गराइयो ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top