×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

१२ दिनसम्म देखाइने कार्तिक नाच दुई दिनमा सीमित

१२ मंसिर २०७७

ललितपुर : कोरोना संक्रमणले गर्दा यस वर्षको ऐतिहासिक कार्तिक नाच दुई दिन मात्र देखाइने भएको छ । पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा आज शुक्रबार बराह अवतार र भोलि शनिबार नरसिंह अवतार देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । नाच सञ्चालनका लागि बिहीबार धार्मिक विधिपूर्वक नाट्येश्वरीको पूजा गरिएको छ ।

कोरोना महामारीका कारण १२ दिनसम्म देखाइने नाच यसपटक दुई दिनमा सीमित गर्न लागिएको समितिका कार्यकारिणी सदस्य एवं प्रचारसंयोजक सञ्जय शर्माले बताउनुभयो । धार्मिक विधि र सांकेतिकरुपमा परम्परा निर्वाहका लागि नाचलाई छोट्याएर दुई दिनमा मात्र सीमित गरिएको संयोजक शाक्यको भनाइ रहेको छ ।

Advertisement
Advertisement

आज बेलुका बराहले शिरमा नयाँ मुकुट लगाएर बराह अवतार देखाइनेछ । धेरै पुरानो र जीर्ण भइसकेकाले मुकुट फेर्न लागिएको हो । कार्तिक नाचअन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो । सो नाचमा इन्द्रगण र देवगणसहित बराह अवतार देखाइनेछ ।

ललितपुर महानगरपालिका–१६ वडाले नयाँ मुकुटको लागि लाग्ने सम्पूर्ण खर्च बेहोरेको कार्तिक नाच संरक्षण समितिका कार्यकारिणी सदस्य एवं प्रचार संयोजक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

‘अहिले प्रयोग गर्दै आएको मुकुट कति वर्ष पुरानो भनेर यकिन गर्न सकेको छैन तैपनि हामीले सुनेअनुसार अहिलेको मुकट सय वर्षभन्दा बढी भइसकेको अनुमान गर्न सकिन्छ।’ –संयोजक शर्माले भन्नुभयो ।

१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो । सोही वडाले कार्तिक नाचको अक्षयकोषका लागि शुक्रबार नै १० लाख रुपियाँको चेक हस्तान्तरण गर्न लागिएको छ । कार्तिक नाचको निरन्तरताका लागि गत वर्ष प्रतिबद्धता व्यक्त गरेअनुरुप चेक हस्तान्तरण गर्न लागेको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले प्रतिबद्धता व्यक्त गरेअनुरुप मन्त्रालयबाट १० लाख रकम दिने तयारी गरिरहेको खबर पाएको बताउँदै संयोजक शर्माले भन्नुभयो– ‘मन्त्रालयले चाँडै रकम उपलब्ध गराउने भनेको छ ।’

चालू आर्थिक वर्षमा अक्षय कोषका लागि ललितपुर महानगरपालिकाले ५० लाख रुपियाँ विनियोजित गरिएको छ । कार्तिक नाच ३ सय ८० वर्ष पुरानो नाच रहेको छ । सो नाच मल्लकालका तीन जना राजाको परिकल्पना र सृजना हुन् ।

Advertisement

शुरुमा राजा सिद्धिनरसिंह मल्लले सञ्चालन गरेको सो नाचमा उहाँको छोरा श्रीनिवास मल्लले केही अंश थप गर्नुभएको थियो । त्यसै गरी योगनरेन्द्र मल्लले त्यसलाई जीवन्तता दिन थप योगदान दिनुभएको थियो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा नील महर्जनले लेखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top