×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

नेकपा विवादः टुट्यो ओली र दाहालबीचको संवाद

१२ मंसिर २०७७

काठमाडौं :सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ ।

गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद भएको छैन ।

Advertisement
Advertisement

हरेक समस्या आउँदा दुई अध्यक्षबीच संवादमार्फत समस्या समाधानको पहल हुने गरेको थियो तर अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती रहेको निकटस्थहरूले बताएका छन् । ओली पक्षले दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै आएका छन् ।

नेकपाभित्रको शक्ति संघर्षले पार्टी एकता निकै कमजोर बन्न पुगेको छ । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयका बीचमा बढ्दै गइरहेको दुरीका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ताले आम कार्यकर्ताहरू निराश बन्न पुगेका छन् । ओली पक्षका नेताहरूले भने प्रधानमन्त्रीका कारण पार्टी नफुट्ने तर अराजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेहरूले पार्टी फुटाउन सक्ने सम्भावनालाई भने नकार्न नसक्ने बताउँदै आएका छन् । दाहाल पक्ष नेताहरूले पनि प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन नगरेकाले समस्या आएको बताउँदै आएका छन् ।

पार्टीमा विवाद बढ्दै गइरहेको अवस्थामा दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टीको अवस्था झन् ‘खतरा’तर्फ अघि बढिरहेको चित्रण गर्न थालिएको छ ।

‘पहिला पार्टीमा विवाद हुँदा अध्यक्षद्वयले छलफल गरेरै समाधान निकाल्ने र अगाडि बढ्ने काम हुन्थ्यो,’ नेकपा स्रोतले भन्यो, ‘अहिले त अध्यक्षद्वयका बीचमा संवाद नै टुटेको छ । दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टी गम्भीर समस्यामा फसेको स्पष्ट हुन्छ ।’

गत २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेस गरेको दस्तावेजका कारण दुई अध्यक्षबीचको सम्बन्ध अत्यधिक चिसिएको हो । दस्तावेजमार्फत अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीमाथि संगिन आरोप लगाएका थिए । अध्यक्ष ओलीले भने दाहालले पेस गरेको सो दस्तावेजलाई अभियोग पत्रका रूपमा चित्रण गर्दै आएका छन् । ओलीले १३ मंसिरमा बस्ने सचिवालय बैठकमा दाहालले लगाएको आरोपको खण्डनसहित जवाफ दिने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले राजनीतिक प्रस्ताव तयारी गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । आफूमाथि लागेको आरोप प्रमाणित गर्न यसअघि नै चेतावनी दिएका ओलीले दाहाललाई कडा जवाफ दिने तयारी गरेका छन् ।

‘आफूमाथि लागेको आरोप पुष्टि भए प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिने नभए आरोप लगाउने ९दाहाल०ले राजीनामा दिनुपर्ने’ अडानमा ओली रहेका छन् । गत निर्वाचनमा सहकार्य भएयता अहिलेसम्मका विभिन्न समयमा भएका निर्णय कार्यान्वयनलगायतका विषयमा गम्भीर समीक्षा गर्दै ओलीले दाहाललाई कडा जवाफ दिने तयारी भएको छ ।

यता अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव प्रकाशन गरी तल्लो तहका कमिटी एवं नेताहरूलाई अध्ययनका लागि दिएको भन्दै ओली पक्षले दाहालमाथि पार्टी विभाजन गरेको आरोप लगाएको छ । तर, दाहाल पक्षले ओलीले समेत पेस गर्ने प्रस्तावलाई प्रकाशन गरी तल्लो तहका कमिटीका नेतालाई दिने र आउने निष्कर्षअनुसार अगाडि बढ्ने बताउँदै आएको छ ।

‘एकले अर्कोलाई गम्भीर आरोप लगाउने र एकले अर्कालाई पदच्यूत गर्ने रणनीति बनेपछि पार्टी एकता संकटमा परेको छ,’ नेकपा स्रोत भन्छ, ‘कुनै पक्ष पछाडि नहट्ने भएकाले १३ मंसिरको सचिवालय बैठक झन् डरलाग्दो हुनेछ ।’

यसैबीच प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका बीचमा छलफल भएको छ ।

Advertisement
Advertisement

राष्ट्रपति भण्डारीले यसअघि नेकपाका अन्य शीर्ष नेतासँग भेटघाट गर्दै पार्टी एकताबारे चासो राखेकी छन् । पार्टी एकता कायम राख्दै विवाद समाधानमा भूमिका निर्वाह गर्न उनले नेताहरूलाई सुझाव दिँदै आएकी छन् ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top