×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

कोरोना संक्रमणको अवधि लम्बिँदै, १४ दिनपछि नियमित काममा निस्कन सक्ने सुुझाव

१२ मंसिर २०७७

काठमाडौँ :  पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ ।

लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए ।

Advertisement
Advertisement

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उहाँ घरमै एकान्तवास बस्नुभयो । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुुक्त नभईकन नियमित काममा निस्कन सकिएन भन्नुभयो ।

यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहनुभएका प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सक्नुुभएको छैन ।

चिकित्सकले लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् । पत्रकार विष्ट लगायत उहाँकी श्रीमती र दुई छोरीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । समाजमा भने अझै कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको उल्लेख गर्दै विष्टले आफू सङ्क्रमित भएको सामाजिक सञ्जालमा राख्दा आफन्तबाटै उक्त पोस्ट हटाउन दबाब आएको सुनाउनुभयो ।

चिकित्सकले नियमित काममा निस्कन मिल्ने भनेपछि सङ्क्रमित भन्ने बित्तिकै मानिसले छुट्टै दृष्टिकोणले हेर्छन् भन्ने डर रहेको छ । कतिपयमा लामो समयसम्म हल्का खोकी देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी कोरोना सङ्क्रमण भएको १४ दिनपछि नियमित काममा आउन थालेका छन् । १४ दिनपछि पनि ती स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण भइरहँदा पनि स्वास्थ्य सेवामा फर्कनुको कारण स्वास्थ्यकर्मीमा भएको भाइरस अन्य व्यक्तिमा नसर्ने भएकाले हो ।

Advertisement
Advertisement

अस्पतालका प्रवक्ता तथा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला लक्षणविहीन सङ्क्रमित नौ दिनपछि र लक्षण भएको सङ्क्रमित १४ दिनपछि नियमित काममा निस्कन सक्ने बताउनुहुन्छ । डा. बाँस्तोलाले सङ्क्रमण मुुक्त भइएला र बाहिर निस्कौँला भन्ने सोच नबनाउँदा हुन्छ, त्यो अवधि बितेपछि कोरोनाले अर्को व्यक्तिलाई भाइरस सार्न सक्दैन भने सङ्क्रमण मुुक्त नभए पनि घरमै बसिरहनुपर्छ भन्ने छैन भन्नुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top