×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुशी लागेको छः हर्षवर्धन श्रृगंला

१२ मंसिर २०७७

१२ मंसिर, गोरखा । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृगंला आज शुक्रबार गोरखा पुगेका छन् । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका तीन वटा विद्यालय भवनको उद्घाटन गर्न उनी गोरखा गएका हुन् ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माविको नवनिर्मित भवन उद्घाटन गर्दै उनले आधुनिक नेपाल स्थापना गर्ने राजा पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा आफू हर्षित भएको बताए । गोरखाका मानिसहरु संसारभर बहादुरीका लागिका परिचित रहेको भन्दै उनले प्रशंसा समेत गरे ।

Advertisement
Advertisement

२०७२ सालको गोरखा भूकम्पको प्रसंगलाई जोड्दै उनले भने, ‘भूकम्पका कारण गोरखामा धेरै क्षति पुगेको थियो, भारत सरकारले नेपालीहरुको पीडा बुझेर पुनर्निर्माणमा सहयोग ग¥यो, सहयोग गर्न पाएकोमा हामी खुशी छौ ।’

श्रृगंलाले शुक्रबार गोरखा नगरपालिका–८ डुम्रीडाँडाको रत्नलक्ष्मी मावि र गोरखा नगरपालिका–१० छेवेटारको तारा माविको भवन पनि उद्घाटन गरे । महालक्ष्मी माविमा साढे ५ करोड, तारा माविमा ४ करोड ७१ लाख र रत्नलक्ष्मी माविमा ४ करोड ३३ लाख रुपैयाँ भारत सरकारको लागत परेको छ ।

विद्यालय भवन उद्घाटन गर्दै विदेशसचिव श्रृगंलाले नयाँ भवन बनेसँगै ती विद्यालयमा अध्ययनरत करिव एक हजार ६ सय विद्यार्थीलाई लाभ पुगेको बताए । जिल्लामा थप चार वटा विद्यालय भारत सरकारको सहयोगमा पुनर्निर्माणको क्रममा रहेको छ ।

‘भारत सरकारको करिव ६ सय करोड लागतमा नेपालको ९ जिल्लामा ४/४ विद्यालय भवनहरु पुनर्निर्माण भइरहेका छन्, नेपालभर २७० वटा विद्यालय र क्याम्पस भवन निर्माणका लागि पनि अनुदान प्रदान गरेको छ,’ उनले भने ।

भूकम्प पश्चात गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर भारत सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको उनले बताए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीले दुई जिल्लामा गरी ५० हजार घर निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो, त्यसमध्ये ४६ हजार घर बनिसके, बाँकी निर्माणाधीन छन्,’ उनले भने ।

Advertisement

स्वास्थ्य क्षेत्रमा पनि सहयोग गरेको बताउदै श्रृगंलाले नेपालको दश जिल्लामा ४७ वटा स्वास्थ्य चौकी भवन भारत सरकारको सहयोगमा बनेको जानकारी दिए । जसमध्ये ३० वटा गोरखा जिल्लामा रहेको उनको भनाइ छ । भारत सरकारले प्रत्येक बर्ष ३ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको पनि स्मरण गरे ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top