×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

भारतसँगको सिमानाका १६ सीमा स्तम्भ गायब

७ जेष्ठ २०७५

पाँचथर, ७ जेठ ः नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ ।

सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन । बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ पिल्लर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए । उनका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोलीले स्थलगत अवलोकन गर्दा पिल्लरको अवस्था यस्तो रहेको जनाएको हो ।

Advertisement
Advertisement

जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने नौ जंगे पिल्लर भने भेटिएका छन् । तीमध्ये दुई पिल्लर जीर्ण छन् एउटा जंगे पिल्लर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र अवलोकन गरी फर्किएका प्रहरी हबलदार काजीमान लिम्बूले बताए। उनका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा एउटा मात्र मझौला पिल्लर छ, त्यो पनि मर्मत गर्नुपर्ने देखिएको छ ।

पाँचथरमा पर्ने सीमा स्तम्भको जिल्ला प्रहरी कार्यालयका प्रहरी हबल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा पिल्लर नं ३५÷१, ३७, ३८, ४३ र ४३÷३ गरी जम्मा पाँच वटा पिल्लरको अवस्था अज्ञात रहेको, पिल्लर नं. ३९ र ४० फेला नपरेको तर पिल्लर रहेको स्थान (खाल्डो) देखिने, पिल्लर नं ३६ र ४३÷१ भाँच्चिएको अवस्थामा गाडिएको फेला परेको प्रहरी हबलदार लिम्बूले बताए।

पिल्लर ४१ र ४२÷१को नम्बर नबुझिने गरी सिमेन्ट उक्किएर मर्मत गर्नुपर्ने अवस्थामा रहेको, पिल्लर नं ४१÷१, ४३÷२, ४४÷१, ४४÷२ सामान्य अवस्थामा रहेको पाइएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

पिल्लर नं ४४ सामान्य रहेको तर उक्त पिल्लरको नं ४४ हुनुपर्नेमा ४२÷२ उल्लेख भएको, ४२÷२ नं. को पिल्लर अभिलेखमा नरहेको उक्त पिल्लर ४३÷३ र ४४र१ को बीचमा रहेकोले ४४ नं. को पिल्लर सोही हुनुपर्ने देखिएको छ । बाँकी पिल्लर नं ३५, ३६÷१, ४१÷२, ४१÷३, ४२, ४४÷३, ४५, ४५÷१, ४५÷२ राम्रो अवस्थामा रहेको पाइएको छ ।

निर्माण भएको धेरै लामो समय हुनु, समय समयमा मर्मत तथा सम्भार नहुनु, बिकट स्थानहरुमा रहेका पिल्लहर राम्रो अवस्थामा फेला पर्नु तर गोरेटो बाटो रहेको स्थान र मानिस सजिलै पुग्ने स्थानमा रहेका सीमा स्तम्भहरु जीर्ण हुनु तथा हराउनुमा स्थानीय गोठाला एवं तिम्बु पोखरी जाने पर्यटकहरुले हल्लाउने तथा भत्काउने गरेकाले पिल्लरहरु हराएको वा जीर्ण अवस्थामा पुगेको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीको टोलीले सीमा स्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थामबारे पनि अवलोकन गरेको थियो  । अवलोकनले तत्काल सीमा स्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखाएको छ । तीन प्रकारका पिल्लरमध्ये जंगे र मझौलाभन्दा साना पिल्लरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था छ ।् प्रहरी टोलीले दुई चरणमा सीमा सर्वेक्षण गरेको थियो ।
रासस

Advertisement

 

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top