×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

थप तेह्र स्थानीय तहमा औद्योगिक ग्रामको स्वीकृति

१३ मंसिर २०७७

काठमाडौँ: सरकारले १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीतिअनुसार प्रक्रिया पूरा गरेका १३ वटा प्रस्ताव स्वीकृत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत भदौमा प्रस्ताव आह्वान गरिएको थियो ।

प्रदेश १ को उदयपुरको बेलका नगरपालिका र रौतामाई गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाको प्रस्ताव मन्त्रालयले स्वीकृत गरेको छ । त्यस्तै तेह्रथुमको म्याङलुङ गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको छ । बागमती प्रदेश नुवाकोटको विदुर नगरपालिकामा पनि औद्योगिक ग्राम स्थापनाको स्वीकृति प्राप्त भएको छ ।

Advertisement

स्वीकृतिअनुसार कर्णाली प्रदेश जाजरकोटको शिवालय गाउँपालिका, सुर्खेतको भेरीगङ्गा नगरपालिका र चौकुने गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको छ । गण्डकी प्रदेश स्याङ्जाको कालीगण्डकी गाउँपालिका, तनहुँको भानु नगरपालिका, नवलपुल परासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका, मनाङको चामे गाउँपालिका, पर्वतको कुस्मा नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश बैतडीको पञ्चेश्वर गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ ।

प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नीतिअनुसार गत वर्षदेखि औद्योगिक ग्राम घोषणा गरिँदै आएको छ । गत वर्ष ४५ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरी निर्माण कार्य अघि बढाइएको छ । एउटा उद्योग ग्रामका लागि मन्त्रालयले स्थानीय तहलाई करिब एक करोड रुपियाँ उपलब्ध गराउँछ ।

अन्य स्थानीय तहबाट प्रस्तावहरू आउने क्रममा रहेको मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिनुभयो । सङ्घीय सरकार, प्रदेश र स्थानीय तहको सहभागितामा औद्योगिक ग्राम घोषणा गरी विकास निर्माण र स्थापना गर्ने गरिएको छ । औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ६० रोपनी जग्गा हुनुपर्ने, पहाडमा ४० रोपनी र तराईमा सात बिघा हुनुपर्ने छ । घना बस्तीदेखि न्यूनतम एक किलोमिटर टाढा हुनुपर्ने छ । स्थानीय तहले औद्योगिक ग्रामको सम्पूर्ण विकास निर्माण तथा सञ्चालन, व्यवस्थापन गर्दछ ।

Advertisement

औद्योगिक ग्राममा कानुनबमोजिम उद्योगको वर्गीकरणमा परेका लघु उद्यम, घरेलु उद्योग तथा साना उद्योग मात्र औद्योगिक ग्राममा स्थापना वा सञ्चालन गर्न पाइने छ । उपसचिव केसीका अनुसार स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएका वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग, कृषि तथा वन पैदावरमा आधारित उद्योगको प्रस्तावलाई प्राथमिकता दिइएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top