×

NEPAL TIMES UPDATES

Playing
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले राष्ट्रपतिलाई के सुझायो ?|| Nepal Times
May 02, 2026
Playing
आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?|| Nepal Times
May 02, 2026
Playing
अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो|| Nepal Times
May 02, 2026
Playing
यु*द्ध रोक्ने प्रयास असफल: इरा*नको नयाँ प्रस्ताव पनि अमेरि*काले ठुक*रायो|| Nepal Times
May 02, 2026
Playing
नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा|| Nepal Times
May 02, 2026
Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026

इरानका शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या

१३ मंसिर २०७७

१३ मंसिर, एजेन्सी ।
इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ ।

इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या भएको जानकारी दिएको हो ।

Advertisement
Advertisement

इरानी सञ्‍चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आक्रमण गरिएको थियो । आक्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।

इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गर्दै यसलाई राज्य प्रायोजित आतंकको संज्ञा दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, आतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको हत्या गरेका छन् । पश्चिमा मुलुकका जासुसी संस्थाहरुले इरानको गोप्य परमाणु हतियार कार्यक्रमको पछाडि फखरीजादेहको हात रहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

इरानी विदेशमन्त्री जरिफले आफ्ना वैज्ञानिकको हत्यापछाडि इजरायलको हात हुन सक्ने बताएका छन् । सन् २०१८ को अप्रिलमा इरानको आणविक कार्यक्रमका बारेमा एउटा प्रस्तुति दिने क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानी वैज्ञानिक फखरीजादेहको नाम उल्लेख गरेका थिए ।

इजरायलले भने आफूमाथि लागेको आरोपको अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।
इरानी सेनाको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स(आईआरजीसी) ले इरानले आफ्ना वैज्ञानिकको हत्याको बदला लिइछाड्ने बताएको छ ।

आईआरजीसीका मेजर जनरल हुसेन सलामीले भनेका छन्, परमाणु वैज्ञानिकको हत्या गरेर हामीलाई आधुनिक विज्ञानसम्म पुग्ने रोक्ने प्रयास गरिएको छ ।

मोहसिन फखरीजादेह इरानका प्रमुख परमाणु वैज्ञानिक तथा आईआरजीसीका वरिष्ठ अधिकारी थिए । सन् २०१५ मा न्युयोर्क टाइम्सले फखरीजादेहको तुलना रोबर्ट ओपनहाइमरसँग तुलना गरेको थियो । ओपनहाइमर म्यानहट्टन परियोजनाका अगुवा थिए जसले दोस्रो विश्वयुद्धका बेला पहिलो परमाणु बम बनाएका थिए ।

अमेरिकी खुफिया एजेन्सी सेन्ट्रल इन्टेलिजेन्स(सीआईए) का पूर्वप्रमुख जोन ब्रेनानले इरानी वैज्ञानिक फखरीजादेहको हत्यालाई अत्यधिक लापर्बाहीपूर्वक गरिएको आपराधिक कृत्य संज्ञा दिएका छन् । यस घटनाले घातक प्रतिशोध र क्षेत्रीय संघर्षको नयाँ दौर निम्तिन सक्ने चेतावनी पनि उनले दिएका छन् ।

Advertisement

उनले इरानी नेताहरुलाई वैश्विक मञ्‍चमा जिम्मेदार अमेरिकी नेतृत्वको पुनरागमनलाई पर्खन आग्रह गर्दै दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।

भर्खरको समाचार

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

सम्बन्धित खबरहरु

Scroll to Top