ओलीलाई दुवै पदबाट हटाउने प्रस्तावमा सहमती हुन पोखरेललाई गौतमको आग्रह

ओलीलाई दुवै पदबाट हटाउने प्रस्तावमा सहमती हुन पोखरेललाई गौतमको आग्रह

१३ मंसिर, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्षं एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन चाहेको बताएका छन्।

शुक्रबार साँझ गौतमलाई भेट्न भैँसेपाटी पुगेका उपप्रधानमन्त्री तथा ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेललाई गौतमले त्यस्तो जवाफ दिएको स्रोत बताएको छ।

स्रोतका अनुसार नेता पोखरेलले गौतमलाई प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरेका थिए। तर गौतमले पोखरेलको आग्रह अस्वीकार गरी आफूहरुले ओलीलाई दुवै पदबाट हटाउन चाहेको र त्यो मात्रै पार्टी एकताको अन्तिम विकल्प भएको बताएको बुझिएको छ ।

‘हामीले ओलीलाई धेरै पटक मौका दिएको हो। ओलीबाट हामी अपमानित मात्रै भयौँ। अब ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ’ गौतमको भनाई उद्धृत गर्दै स्रोतले भन्यो।

यस्तै गौतमले नेता पोखरेललाई पनि पार्टी एकताका लागि आफ्नो समूहमा आउन आग्रहसमेत गरेका थिए। ओलीसँग असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समर्थनमा गौतम उत्रिएपछि ओली हाल सचिवालयमा अल्मतमा परेका छन्।

९ सदस्यीय सचिवालयमा हाल ओलीविरुद्ध पाँच नेता उभिएका छन्। सचिवालयको आज बैठक बस्दै छ। बैठकमा ओलीले प्रचण्डलाई जवाफ दिन तयार पारेको प्रस्ताव पेश गर्दैछन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.