एन्फाले बन्द प्रशिक्षणका लागि विराज र विमलसहित ५८ खेलाडी बोलायो

१६ मंसिर ७७, बुधबार

१७ मंसिर, काठमाडौं ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोटमा ५८ खेलाडीलाई बोलाएको छ ।।

एन्फाले भविष्यमा हुने मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई लक्षित गर्दै तयारी गर्ने सुरका साथ राष्ट्रिय टोलीको प्रशिक्षण गर्न टोली घोषणा गरेको हो । यस वर्ष ए डिभिजन लिग नहुने भएपछि एन्फाले घरेलु लिग तथा प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो । प्रशिक्षण मंसिर २८ देखि सुरु हुनेछ ‌।

Advertisement

प्रशिक्षक योहान कालिन नफर्केका कारण कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले नै टोलीको जिम्मेवारी सम्हालेका छन् । टोलीमा कप्तान विराज महर्जनसँगै फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी पनि फर्किएका छन् । आदित्य चौधरीले तीन वर्षपछि टोलीमा पुनारगमन गरेका छन् । मिडफिल्डर विक्रम लामा भने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रशिक्षणमा समावेश हुने छैनन् ।

यसपटक ५८ खेलाडीमा थुप्रै नयाँ अनुहार रहेका छन् । एन्फाले गत महिना भएको बंगलादेशविरुद्ध मैत्रीपूर्ण सिरिजका लागि ३५ खेलाडी सम्मिलित टोली घोषणा गर्दै २५ खेलाडीलाई अन्तिम टोलीमा समावेश गरेको थियो । त्यसमध्य ८ नयाँ अनुहारमध्य ६ खेलाडीले डेब्यु गर्ने अवसर पाएका थिए ।

Advertisement

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु को को हुन् ?

गोलकिपर : किरण कुमार लिम्बु, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की र देव लिम्बु ।

डिफेण्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ. निसान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रञ्जदिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन मोक्तान र रोहित चन्द ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापा मगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दीपेश आले मगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई र नितिन थापा ।

फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट ,राजिव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top