×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निषेध गरिएका सेवा तथा व्यवसाय अझै १५ दिन यथावत

१८ मंसिर २०७७

१८ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका सेवा तथा व्यवसाय अझै १५ दिन यथावत सञ्‍चालन गर्न नहुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनसम्म यसअघिको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने र आउँदो १५ दिनको सङक्रमण अवस्था हेरेर थप निर्णय गरिने बताए ।

उनले अझै १५ दिन बन्द रहने सेवामा सिनेमा हल तथा रात्रिकालीन व्यवसाय रहेको बताए । धेरै मानिस जम्मा हुने स्थान र जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने सेवा तथा व्यवसाय अझै १५ दिनसम्म बन्द गर्नुपर्ने उनले बताए ।

प्रवक्ता गौतमका अनुसार सभा, सम्मेलन, जुलुस, धर्ना, घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । विद्यालय खोल्ने हकमा थोरै विद्यार्थी भएका ठाउँबाट स्थानीय तहबाट स्वीकृति लिई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेछ ।

यसका लागि स्वास्थ्य सेवा विभाग सँगको समन्वयमा निर्णय गरी सीसीएमसीलाई पठाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको प्रवक्ता गौतमले बताए ।

डा. गौतमले अझै १५ दिन नखोल्न भनिएका सेवा तथा व्यवसायलाई कडाइसाथ बन्द गरी निर्देशन पालना गर्न आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top