×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

शैक्षिक सत्र मिलाउन बोर्डको गृहकार्य, कक्षा ११ को परीक्षा तीन घण्टाकै हुने

१९ मंसिर २०७७

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् ।

पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरिएको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नुअघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा प्रकाशनको कामविद्यालयहरूले सक्नुपर्ने कार्यतालिका रहेको बताउनुभयो ।

Advertisement

कक्षा १२ को परीक्षा फाराम हाल खुलेको छैन । भर्खरै बोर्डले स्थगित अवस्थामा रहेको यसअघिको कक्षा १२ को परीक्षा भने लिई सकेको छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसित छलफल गरिने उहाँको भनाइ छ । शैक्षिक सत्रको गणना कहिलेबाट कसरी गर्ने भन्ने विषयमा मन्त्रालयसित कुराकानी गरेर टुङ्गो लगाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । यस अवधिमा विद्यालयहरूले विद्यार्थीको परीक्षा आन्तरिक रूपमा सञ्चालन गर्न सक्नेछन् ।

कक्षा ११ को परीक्षा विद्यालयबाटै
बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिइएको भए पनि अब त्यो अधिकार सधैँका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको जानकारी बोर्डले दिएको छ । यसअघि कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रियस्तरमा नै बोर्डले नै सञ्चालन गर्ने गरेको थियो ।

ग्रेडवृद्धिको परीक्षा चल्दै
यसका साथै कक्षा ११ मा ग्रेडवृद्धिको परीक्षासमेत हाल विद्यालयहरूले सञ्चालन गरिरहेका छन् । केही विद्यालयले भने यसअघि नै परीक्षा लिई सकेको पाइएको छ । ललितपुर, काठमाडौँ र भक्तपुरका धेरै विद्यालयले संयुक्त रूपमा मङ्सिर २१ गतेदेखि सञ्चालन गर्दैछन् । ती विद्यालयले नियमित र ग्रेडवृद्धिका विद्यार्थीको परीक्षा एकै पटक सञ्चालन गर्न लागेका हुन् ।

परीक्षा मङ्सिर अन्तिमसम्म सक्ने गरी परीक्षा लिन लागिएको ललितपुरको आदर्श सौउ माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज आचार्यले जानकारी दिनुभयो । यसमा केही विषयका प्रश्नपत्र संयुक्त रूपमा सोधिएको र केही विषयमा विद्यालयहरूले तयारी गरेको उहाँको भनाइ छ ।

राजधानीको पद्मोदय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक नारायण गौतमले ग्रेडवृद्धिका विद्यार्थीको परीक्षा आफूहरूले लिई सकेको र नियमित विद्यार्थीको परीक्षा लिने क्रममा रहेको जानकारी दिनुभयो । मङ्सिर २१ गतेबाट लिइने उक्त परीक्षामा विद्यार्थीलाई एक एक दिनको फरकमा लिने गरी मिलाइएको छ । विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा लिइएको जानकारी उहाँले दिनुभयो ।

Advertisement

तीन घण्टाकै परीक्षा
कक्षा ११ को परीक्षा तीन घण्टाकै सञ्चालन हुनेछ । यसका साथै एक सय पूर्णाङ्कको नै परीक्षा हुनेछ । यस पटक कक्षा १२ को परीक्षामा ४० पूर्णाङ्क र डेढ घण्टामा परीक्षा लिइए पनि कक्षा ११ का विद्यार्थीलाई भने त्यो सुविधा दिइएको छैन । कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि यस पटक मात्रै नभई दीर्घकालीन रूपमा हेरर निर्माण गरिएका कारण तीन घण्टाको परीक्षा र सय पूर्णाङ्ककै परीक्षा लिने गरी व्यवस्था गरिएको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top