सम्झना कामीको हत्या आरोपित अस्पतालबाट भागे

१८ मंसिर ७७, शुक्रबार

१९ मंसिर, बझाङ ।

बझाङकाे मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा भागेका छन् ।

पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनी बिहीबार जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी जनक पाण्डेले बताए । उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेकाे प्रहरीले जनाएकाे छ । उनको खोजीको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको एसपी पाण्डेले बताए ।

Advertisement

कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको भनी प्रहरीमा बयान दिएका छन् ।

बोहराको जन्ममिति विभिन्न ठाउँमा फरक–फरक देखिएका छन् । वडा कार्यालय र बोहरा पढ्ने विद्यालयमा उनको जन्ममिति फरक छ । राजेन्द्रका आमाबुबाले दुवै दस्ताबेजसँग नमिल्ने फरक जन्ममिति बताइरहेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top