NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल बिहिबार साउन १५ , २०८२
पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ? बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा बिहिबार साउन १५ , २०८२
Next
Prev

समाचार

राष्ट्रिय गौरवको योजना मानिएको वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

बुधबार जेष्ठ ९ , २०७५
Reading Time: 1 min read
A A
राष्ट्रिय गौरवको योजना मानिएको वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

लहान, ९ जेठ ः राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा अघि बढेको छ । 

भित्री मधेशलाई काठमाडौँसँग जोडने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमान सम्मका विभिन्न भागमा कल्भर्ट र पुलपुलेसा निर्माण भइरहेका छन् ।

डेढ वर्षअघि निर्माण शुरु भएको वैकल्पिक उक्त राजमार्गको करीब ३५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको आयोजना कार्यालय गाईघाटले जनाएको छ । धरान–चतरा, गाईघाट–कटारी तथा सिन्धुली–हेटाँैडा सडक आयोजना पूर्वी खण्डमा १३४ किलोमिटर सडक पर्छ । सडक ११ मिटर फर्मेशन चौडाइ भएको कालोपत्रयुक्त हुने आयोजना कार्यालयले जनाएको छ ।

Advertisement

घरटहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निर्माण हुने स्थानमा हुने विवाद मिलान भएसँगै सडक निमार्णले गति लिएको निमार्णाधीन धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठले बताए ।

आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको हो । हालसम्म भौतिक रूपमा ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । श्रेष्ठका अनुसार सडक विस्तार हुने सिन्धुली क्षेत्रमा मुआब्जा निर्धारण भइसकेको र घरटहराका कारणले काम रोकिने अवस्था अन्त्य भएकोले छिट्टै निर्माण सकिने बताए ।

उदयपुरतर्फको मुआब्जासम्बन्धी फाइल जिल्ला प्रशासन कार्यालयमा पेश गरी सकिएको आयोजन प्रमुख श्रेष्ठले बताए । मुआब्जाको निवेदन दिन छुटेकाका लागि निवेदन दिन र लगत कट्टा गर्न शुरु भइसकेको छ । केही दिन भित्रै मुआब्जाको विषय टुंगिने उनले बताए ।

विभिन्न स्थानमा सडकको सब ग्रेड, सब बेस, होम पाइप, स्लाभ कल्भर्ट, मेसिनरी वाल लगायतका काम भइरहेको निर्माण व्यवसायी जेडआइइसी शर्मा लामा जोइन्ट भेन्चरका डेपुटी कन्ट्याक्ट म्यानेजर इन्जिनियर सीताराम दाहालले बताए । उदयपुरतर्फ निर्माणमा खासै अवरोध नभए पनि सिन्धुलीतर्फ विद्युत्ले पोल हटाउन ढिला गरेको छ ।

सडक योजना तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण गरिसक्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण व्यवसायी जेडआइइसी शर्मा लामा जोइन्ट भेन्चरसँग रु सात अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो । राजमार्गले उदयपुरको वेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिकाका स्थानीयवासीलाई फाइदा पुग्नेछ भने सिन्धुलीतर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटौँडासम्म सडक पुग्नेछ ।

वैकल्पिक मार्गको निर्माणमा अवरोध नआए निर्धारित समयमै निमार्ण सम्पन्न हुने स्थानीयवासी बताउँछन् । आफ्नै घरआँगनमा राजमार्ग निर्माण शुरु भएसँगै स्थानीयवासी हर्षित छन् । राजमार्ग बनेपछि काठमाडौँसँग सहज यातायातको पहँुच हुनेछ ।
रासस

लोकप्रीय

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२

विचार

थप समाचार

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने
खेलकुद

अन्तर्राष्ट्रिय

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?
ताजा समाचार

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

हालका पोस्टहरू

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.