जनशक्ति अभावका कारण समयमै पुरा हुन सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

२० मंसिर ७७, आइतबार

२० मंसिर, भैरहवा ।

विदेशी दक्ष जनशक्तिको अभावमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै पुरा नहुने भएको छ ।

विमानस्थलको निरिक्षण तथा अवलोकन गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले कोभिडका कारण विदेशी दक्ष जनशक्ति नआएका कारण विमानस्थल पुरा हुन नसकेको बताए ।

Advertisement

विदेशी कामदारले असुरक्षाको महसुस गरेका कारण विशेष गरी थाईल्याण्डका दक्ष कर्मचारीहरु नआउँदा समयाबधि थप्नुको विकल्प नभएको मन्त्रीले बताए ।

उपकरण जडानको काम मात्रै बाँकी रहेको बताउँदै मन्त्री भट्टराईले थाइका दक्ष कामदार आएमा छिटो सम्पन्न हुने बताए। थाईले कुनैपनि अन्तर्राष्ट्रिय विमानस्थल नखोलेका कारण समस्या भएको उनले बताए।

Advertisement

विमानस्थल सम्पन्न गर्ने अवधि २५ दिन बाँकि हुँदा पर्यटन मन्त्रीले विमानस्थलको भौतिक प्रगति बुझेका हुन् । अब के कति कारणले विमानस्थलको समय थप्ने हो भनेर २५ दिनको गृहकार्य गर्न समेत मन्त्री भट्टराईले आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।

३१ डिसेम्बर २०१४ मा काम सुरु भएको आयोजनाको ३१ डिसेम्बर २०२० सम्मका लागि पाँचौपटक म्याद थपिएको थियो । निर्माणाधीन विमानस्थलमा २ वटा कन्ट्याक्टमध्ये आइसिपी ०१ भनेको ६ अर्ब ८२ करोडको कन्ट्याक्ट र आइसिपी २ भनेको करिब ५० करोडको भ्याट सहितको रकम कन्ट्याक्ट भएको आयोजना प्रमुख प्रबेश अधिकारीले बताए ।

२२ अरब रुपैयाँको ९६ प्रतिशत मुआब्जा समेत वितरण गरिएको अधिकारीले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top