सङ्घीय प्रणाली समाप्त पार्नेविरूद्ध एकजुट हुन अध्यक्ष यादवको आग्रह

२० मंसिर ७७, आइतबार

२० मंसिर, धनुषा।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले सङ्घीय प्रणालीलाई समाप्त पार्न खोज्नेविरूद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने खाँचो औँल्याएका छन् ।

नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा शनिबार यहाँ आयोजित नेपालको वर्तमान राजनीतिक सन्दर्भ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, “सङ्घीयता र गणतन्त्रविरूद्धको षड्यन्त्रलाई कुनै पनि हालतमा सफल हुन दिदैनौं ।”

Advertisement

अध्यक्ष यादवले राज्य सञ्चालनका त्रुटि र संविधानको अपूर्णताका सवालमा प्रतिगमन समस्याको समाधान होइन भन्दै प्रतिगमन कहिल्यै पनि स्वीकार्य हुन नसक्ने बताए । मधेश जनविद्रोहको उपलब्धि सङ्घीय गणतन्त्रको स्थापना भएकाले यसको संस्थागत विकास तथा संविधानमा भएका त्रुटिलाई संशोधन र संरचनागत परिवर्तन वर्तमानमा अपरिहार्य भइसकेको उल्लेख गर्दै सङ्घीय सरकार सङ्घीयताको भावविपरीत केन्द्रीकृत गर्दै सामाजिक न्यायको अधिकारलाई कटौती गर्न उद्यत हुनु विडम्वना हो भने ।

अध्यक्ष यादवले सङ्घीय सरकारले सात प्रदेश कायम गरी मधेशीलगायत शोषित, पीडितलाई संरचनागत विभेद गरेको चर्चा गर्दै साझेदारी र स्वशासनको प्रत्याभूति आजको आवश्यकता भएको धारणा व्यक्त राखे ।

Advertisement

सोही पार्टीका नेता शरतसिंह भण्डारीले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकारको प्रयोगमा प्रशासनिक असहयोग गरिरहेका कारण प्रदेश सरकारद्वारा कानूनी उपचारका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु परिरहेको अवस्था चिन्ताको विषय हो भने ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारको असहयोग र व्यवधानका विरुद्ध प्रदेश सरकारले सर्वोच्च अदालतमा आधा दर्जन मुद्दा दायर गरेको स्पष्ट पार्दै प्रदेशका सबै निकायलाई गतिशील बनाउन रिक्त पदाधिकारीको नियुक्ति र चयन छिट्टै गर्ने गृहकार्यमा प्रदेश सरकार लागिपरेको जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top