×

NEPAL TIMES UPDATES

Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026
Playing
मनोजले टेकओभर गर्न खोज्दा सपनाले आगो बालिन्, रास्वपा सांसद्को आपत्ति|| Nepal Times
May 18, 2026
Playing
सुधन गुरुङ फेरि गृहमन्त्री ? कि नयाँ अनुहार ? के छ तयारी ? || Nepal Times
May 18, 2026
Playing
Royal order of the polar star मोदीलाई स्वीडेनको सम्मानको संकेत के ?|| Nepal Times
May 18, 2026
Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026

रुसमा सुरु भयो कोरोनाविरुद्ध खोप अभियान

२१ मंसिर २०७७

२१ मंसिर, एजेन्सी ।

रुसमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको छ ।

Advertisement
Advertisement

शनिबार सुरु भएको खोप अभियानको पहिलो चरणमा हजारौं चिकित्सक, शिक्षक र जोखिममा रहेका अन्य पेशाकर्मीहरुले खोप लगाउन नाम दर्ता गराएका छन् । पहिलो दिन आज राजधानी मस्कोमा ५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

रसियाकै गमलेय इन्स्टिच्युटले बनाएको खोपको नाम स्पुतनिक भी नाम राखिएको छ । करीब ४ महिनाअघि गमलेय इन्स्टिच्युटलाई रसिया सरकारले खोप बनाउने अनुमति दिएको थियो । बृहत् खोप अभियानको शुरुमा २० लाख जनालाई खोप लगाउने कार्यक्रम छ । १८ वर्षदेखि ६० वर्ष उमेरका नागरिकलाई खोप लगाइँदैछ ।

खोपको २ मात्रा लगाउनु पर्ने र पहिलो खोपको २१ दिनमा दोस्रो खोप लगाउनु पर्ने रुसी अधिकारीहरुले जनाएका छन् । श्वासप्रश्वासका १ महिना यताका बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिला र सिकिस्त बिरामीलाई भने स्पुतनिक भी खोप लगाउन नहुने भनिएको छ ।

Advertisement
Advertisement

रसियामै अन्य २ प्रकारका खोप पनि कोरोनाविरुद्ध तयार भैरहेको जनाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top