×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

११ जेष्ठ २०७५

गुलरिया, बर्दिया, ११ जेठ ः आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् । उनी सोही क्यान्टिनमा काम गर्ने बुझिएको छ ।

श्रेष्ठको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गुलरियामा लगिएको र घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

सिंह ठकुरीले श्रीमती श्रेष्ठलाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्नेगरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ ।
रासस

 

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top