साहित्यकार पोखरेलको थारु संस्कृति सम्बन्धी पुस्तकको विमोचन

२७ मंसिर ७७, शनिबार
Share this
693shares

२७ मंसिर, विराटनगर ।
अग्रज साहित्यकार मधु पोखरेलद्वारा लिखित पूर्वी थारु संस्मृति नामक पुस्तक शनिबार विराटनगर विमोचन गरिएको छ । विराट साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता विपूलेन्द्र चक्रवर्ती, प्राज्ञ गंगा सुवेदी, राष्ट्रियसभाका पूर्व सदस्य एवं प्राज्ञ खेम नेपाली लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए।

Advertisement

विमोचित पुस्तकका विषयमा लेखक दिनेश श्रेष्ठ र प्राध्यापक राम विश्वासले टिप्पणी गरेका थिए । पुस्तकमाथि टिप्पणी गर्दै उनीहरुले पुस्तकले थारु कला, संस्कृति र रहनसहन छर्लंग बनाएको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका चक्रवर्ती, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, आयोजक संस्थाका अध्यक्ष ऋतु आसिक, सचिव गोपाल निर्भीक लगायतले पुस्तकका विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।

Advertisement

विमोचित पुस्तक साहित्यकार पोखरेलको दशौं कृति हो । यसअघि उनका कविता, गजल, निबन्ध, कथालगायतका विधाका कृति प्रकाशित भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top