आँधीखोलामा डुबेर एकको मृत्यु

१० जेठ ७५, शुक्रबार

वालिङ, स्याङ्जा, ११ जेठ ः आँधीखोलामा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

आज बिहान घरबाट औषधि लिन बयरघारी बजारतर्फ आउने क्रममा आँधीखोलामा उनी मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement

स्वास्थ्य परीक्षणका लागि उनको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइँदै छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top