बालकृष्ण ढुंगेलको आममाफी बारे लिखित जवाफ दिन सरकारसँग सर्वोच्चको माग

बालकृष्ण ढुंगेलको आममाफी बारे लिखित जवाफ दिन सरकारसँग सर्वोच्चको माग

विराटनगर,जेठ ११ ः वालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको निर्णयका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे न्यायाधीश दीपककुमार कार्कीको इजलासले सरकारसँग लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र बालकृष्ण ढुंगेललाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटमा ढुंगेललाई आममाफी दिने निर्णय रोक्न अन्तरिम आदेश पनि माग गरिएको थियो ।

प्रवक्ता भद्रकाली पोखरेलका अनुसार सर्वोच्चले अन्तरिम आदेश दिने या नदिनेबारेमा छलफल गर्न जेठ १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलसहित अरु केहीलाई आममाफी दिने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.