ओरिन्ट बेलको अत्याधुनिक सोरुम अब विराटनगरमा

ओरिन्ट बेलको अत्याधुनिक सोरुम अब विराटनगरमा

विराटनगर,जेठ १२

विराटनगर–१२,रोडशेष चौकमा रहेको शक्तिमाता हार्डवेयरले भारतको सबैभन्दा ठुलो टायल्स कम्पनी ओरिन्ट बेल टायल्सको अत्याधुनि सोरुम सञ्चालनमा ल्याएको छ ।

सोरुमको शनिबार ओरिन्ट बेल कम्पनीकी डेपुटि जेनेरल म्यानेजर मोनिका नहाल र शक्तिमाता हार्डवयेरका सञ्चालक मुकुन्द प्रसाद दाहालले संयुक्त रुपमा उद्घाटन गरे ।

सोरुमको उद्घाटन गर्दै आफुले बाथरुम ,किचन, वाल तथा भुइँमा लगाउने ओरिन्ट बेलका सम्पुर्ण टायल्सहरु सुपथ मुल्यमा उपलब्ध गराउने शक्तिमाता हार्डवेयरका सञ्चालक दाहालले बताए ।

त्यस्तै ओरिन्ट बेल कम्पनीकी डेपुटि जेनेरल म्यानेजर नहालले ओरिन्ट बेलले गा्रहकका लागि सँधै गुणस्तरीय समानहरु उत्पादन गर्ने बताईन् ।

ओरिन्ट बेल टायल्स गुणस्तरीय टायल्स उत्पादन गर्ने भारतीय कम्पनी हो ।

रोडशेष चौकमा खोलिएको ओरिन्ट बेलको यो सोरुम विराटनगरकै पहिलो रहेको सञ्चालक दाहालको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.