लिभरपुललाई हराउँदै म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि उचाल्यो

१२ जेठ ७५, आइतबार

जेठ १३ ःरियल म्याड्रिडले फाईनलमा लिभरपुललाई ३–१ले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियलको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो।

लिभरपुलका गोलकिपर लोरिस क्यारियसको गल्तीको फाईदा उठाउँदै लिभरपुलमाथी दुई गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाइ ३–१ ले पराजित गर्यो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका बेलले दुई गोल गरे।

Advertisement

पहिलो हाफमा लिभरपुलले मुख्य खेलाडी मोहम्मद सलाह रामोससँग जुदेपछि काधमा चोट बोक्दै ३० औं मिनेटमा सलाहाले मैदान छाडे । खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरीए ।

पहिलो हाफमा ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदै उक्त गोललाई मान्यता दिएनन्।पहिलो हाफ बराबरी भएपछि दोस्रो हाफमा लिभरपुल गोलकिपर क्यारियसको असाधारण गल्तीमा पछि पर्यो ।

Advertisement

क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्दै ५० औं मिनेटमा अनौठो गोलमार्फत गोल दिलाए।

लिभरपुलले कर्नरमार्फत ५५ औं मिनेटमा बराबरी गर्यो । लोभ्रेनले हेड गरेपछि पाएको बललाई मानेले गोलमा परिणत गरे। दोस्रो हाफमा इसकोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए।

लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरेपनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरिन पुग्यो । लिभरपुलले पुनः क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गया । बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top