तरुणदल सभापति गुरुङलाई रिहाइको माग गर्दै इटहरीमा चक्काजाम

तरुणदल सभापति गुरुङलाई रिहाइको माग गर्दै इटहरीमा चक्काजाम

विराटनगर,जेठ १३ ः नेपाली कांग्रेसले शनिबार पक्राउ परेका तरुणदल सुनसरीका सभापति तथा काँग्रेसका महासमिति सदस्य सिजन गुरुङलाई विना शर्त रिहाइको माग गर्दै इटहरीमा चक्काजाम गरेको छ ।

कांग्रेस नेता राजिव कोईरालाको अगुवाईमा अाइतबार भएको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग तथा धरान विराटनगर सडक करिब एक घण्टा अवरूद्ध भएको थियो ।

विनाकारण झुठो मुद्धा लगाएर तरुण दलका सभापति सिजन गुरुङलाई प्रहरीले पक्राउ गरी फसाउन खोजेको भन्दै त्यसको बिरोधमा काँग्रेसले सडकमा प्रदर्शन गरेको हो ।

कांग्रेसले विहानै निकालेको ¥याली पश्चात गरेको कोण सभालाई सम्बोधन कांग्रेस नेताहरू विकास केसी, मणि श्रेष्ठ, विजय कटवाल लगायतले सिजन गुरुङलाई तत्काल रिहा गर्न माग गरेका थिए । उनीहरुले कम्युनिष्ट नेताको आडमा कांग्रेस नेता फसाउन डिएसपी लागेको जिकिर गरे ।

¥यालीमा सचेतक केदार कार्की,सांसद चन्द्र प्रसाद श्रेष्ठ लगायतको सहभागी थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.