×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

१३ जेष्ठ २०७५

वासिङ्टन, १३ जेठ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ ।

Advertisement
Advertisement

आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको बताएका हुन् ।

शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उनले भने– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्ने पक्षमा छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ ।

उत्तर कोरियासँगको शिखर वार्ता समयमै हुन्छ, यसका लागि हामीले वार्ताको माध्यमबाट धेरै नै प्रगति गरेका छौँ, मलाई लाग्छ हाम्रो र उत्तर कोरियाको तर्फबाट पनि अभूतपूर्व रुपमा प्रगति जारी रहेको छ ।

उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मात्र बताएका थिए ।

तर समाचारमा आएजस्तै फेरि उक्त वार्ता समयमै सम्पन्न गर्नेगरी परिस्थिति अघि बढेको बताएपछि भने पुनः कोरियाली प्रायद्वीपमा शान्तिको आशा जागेको बताइएको छ ।

सो सिंगापुर शिखर वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरियाले आफू दुःखी भएको बताएको थियो ।

साथै राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त भएलगत्तै नै उत्तरका नेता किमले आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिएका थिए ।

कोरियाली वार्ताले सहमति भयो 

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्ने तयारीमा लागिरहेको बताएको थियो ।

यी दुई देशबीचमा पनि मन्त्रिस्तरको बैठक स्थगित भएको र उता अमेरिकाले पनि सिंगापुर वार्तामा बस्न नसक्ने जानकारी गराएकोले त्यसको मध्यस्थतास्वरुप भूमिका निर्वाह गर्ने काम दक्षिण कोरियाले गरेको बताइएको थियो ।

अमेरिकाले एकतर्फी रुपमा वार्ता स्थगित गरेपनि अहिलेसम्म यी दुई देशबीच विकसित सकारात्मक वातावरणलाई कायमै राखिराख्न उत्तर कोरियालाई सम्पर्कमै राख्ने नीति दक्षिण कोरियाले लिएको हो ।

यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको एक गाउँ पानुमजोममा भेट भएको हो ।

यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् । उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ ।

उनीहरुको भेटवार्ताका क्रममा गत अप्रिल २७ मा भएको पानमुनजोम शान्ति सम्झौताको कार्यान्वयनबारे एक आपसमा विचार विमर्श र अनुभव आदानप्रदान भएको समाचारमा जनाइएको थियो ।

उनीहरूले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिंगापुर शिखर वर्तालाई कसरी सफल पार्ने भन्ने विषयमा समेत छलफल गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

शनिबारको उक्त शिखर बैठकमा भएका सहमति र कुराकानीका बारेमा स्थानीयलाई आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको थियो । सोही बमोजिम नै यी सहमतिका कार्यक्रमहरु आएका हुन् ।

अमेरिकाले सिंगापुर वार्तामा नबस्ने भनी अकस्मात उत्तर कोरियालाई पत्र लेखेपछि उत्तर र दक्षिणका नेताकाबीचमा यो भेटवार्ता भएको थियो ।

त्यस क्रममा उत्तरका नेताले आफु अमेरिकासँग जुनसकै समय र स्थानमा पनि वार्ता गर्न तयार रहेको जानकारी गराएपछि त्यो कुरा दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयमार्फत अमेरिकालाई जानकारी गराइएको छ ।

यस उच्च बैठकपछि पुनः अमेरिका निर्धारित मितिमै वार्ता गर्न तयार भएको समाचार आएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

 

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top