सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने

५ पौष, काठमाडौं । पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ। कमिसनको चक्करमा आरडिटी खरिद गरेको आरोप खेपेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणमा विशेष सक्रियता देखाएपछि यसमा पनि ठूलै कमिसनको चक्कर चलिरहेको स्वास्थ्य मन्त्रालयकै केही उच्च अधिकारीको भनाइ छ।

‘आरडिटी खरिदमा मन्त्रालयका केही उच्च अधिकारीको जुन किसिमको सक्रियता थियो, एन्टिजेन परीक्षणमा पनि अहिले तिनै अधिकारीको त्यही किसिमको सक्रियता देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागमा एन्टिजेन परीक्षणका लागि सामान आपूर्ति गर्न दिनप्रतिदिन धाउने कमिसन एजेन्टहरूको दौडधुपबाट पनि बुझ्न सकिन्छ कि आरडिटीमा जस्तै एन्टिजेनमा पनि व्यापक कमिसनको खेल हुँदैछ।’

सरकारमा बस्ने उच्च अधिकारीहरूको ध्याउन्न नै कमिसन कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा रहेकाले नेपालमा नयाँनयाँ परीक्षणका लागि चलखेल हुने गरेको ती अधिकारीको आरोप छ। सरकारले दैनिक रूपमा पिसिआर परीक्षणको दायरा घटाउँदै लग्नु र एन्टिजेन परीक्षणलाई प्राथमिकतामा राख्नुमा पनि कमिसनको खेल रहेको दाबी स्वास्थ्य मन्त्रालयका केही अधिकारीको छ। भारत अमेरिकालगायत देशले एन्टिजेन परीक्षण गरिरहेको भए पनि नेपालमा भने पिसिआर परीक्षणको दायरा घटाउँदै लगेको सरकारले एन्टिजेन खरिदमा चासो दिनु कमिसनकै चक्कर भएको मन्त्रालयका ती अधिकारीको टिप्पणी छ।

सस्तो र नतिजा छिट्टै आउने भए पनि एन्टिजेन परीक्षण पिसिआरजस्तो प्रभावकारी मानिँदैन। एन्टिजेन परीक्षण गर्दा नेगेटिभ देखिएका व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको भने थप यकिन गर्न पिसिआर परीक्षण गर्ने मन्त्रालयको तयारी छ। यसो गर्दा दोहोरो खर्च हुने देखिन्छ। एन्टिजेन परीक्षण गर्दा भाइरस लोड कम भएको नमुनाबाट सही नतिजा देखाउने सम्भावना कम भएकाले यसको प्रभावकारिता खासै नहुने चिकित्सकहरूको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top