अब कसलाई मान्ने नेकपाको बैद्यानिक अध्यक्ष ?

७ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद् अध्यक्षलाई नै बर्खास्त गर्ने मोडमा पुगेको छ ।

प्रथम अध्यक्ष मानिएका केपी शर्मा ओलीलाई बर्खास्त गरि माधव नेपाललाई अध्यक्ष बनाउने बहुमत केन्द्रीय सदस्यको निर्णय बमोजिम नेकपामा अब ३ जना अध्यक्ष भएका छन् । किनभने अध्यक्ष ओलीले आफुलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्न नमिल्ने र आफु नै प्रथम अध्यक्ष रहेको दाबी गरिरहेका छन् । उनले आज मात्रै केन्द्रीय कमिटी विस्तार गर्दै निर्वाचन आयोगमा निवेदन पेश गरिसकेका छन् । यस्तै नेकपमा ओली पक्षले प्रवत्ता प्रदीप ज्ञवालीलाई बनाएको छ । तर बहुमत स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्य रहेको दाबी गर्ने प्रचण्ड–नेपाल समूहले नारायणकाजी नै नेकपाको आधिकारीक प्रवत्ता रहेको दाबी गर्दै आएको छ । स्वयम नारायणकाजीले आफू कुनै गुटको नभई नेकपाको प्रवक्ता भएको बताउदै प्रवक्ताका रुपमा आफूलाई ३सय १० केन्द्रिय सदस्यबाट थप जिम्मेवारी प्राप्त भएको बताएका छन । एउटै दलमा दुई खेमा विभाजित भई अध्यक्ष र प्रवत्ता परिवर्तन गर्ने अवस्थामा पुगेको सत्तारुढ दलको यो नाटकिय शैलीको सर्वत्र विरोध भइरहेको छ । तत्काल जनताका लागि नेकपाको रमिता हेर्नु बहोकको विकल्प रहेको छैन । नेकपाको विधानमा २ अध्यक्ष रहने व्यवस्था छ । त्यसअनुसार यसअघि अध्यक्षका रुपमा ओली र दाहाल रहँदै आएका थिए । बहुमत केन्द्रीय सदस्यको निर्णय बमोजिम अब ओली अध्यक्ष नरहेर माधव नेपाल अध्यक्ष हुन् । यसरी एउटै दलका नेता कार्यकर्ताले कुन अध्यक्षलाई अध्यक्ष मान्ने र कुनलाई नमान्ने प्रश्न सिर्जना भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top