×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन !

१४ जेष्ठ २०७५

काठमाडौँ, जेठ १४
गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ ।

सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको छ ।

आव २०७३÷७४ को सोही अवधिमा कूल १०५.३ मेगावाट विद्युत् उत्पादन गरेको थियो । गत वर्षभन्दा यस वर्ष विद्युत् उत्पादन बढी हुनुपर्ने भए पनि यस वर्ष जलविद्युत् आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्दा उत्पादनमा कमी आएको हो ।

गत वर्ष माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट ५० मेगावाट र अन्य आयोजनाबाट ५५.३ मेगावाट विद्युत् उत्पादन भएको थियो । गत वर्ष ज्याग्दी खोला दुई मेगावाट, ठुंगन–ठोस्ने ४.३६ मेगावाट, दरौदी खोला ६ मेगावाट, खानी खोला दुई मेगावाट, मिया खोला एक मेगावाट, माथिल्लो मोदी २५ मेगावाट र हेवा खोला ‘ए’ १४.९ मेगावाट सम्पन्न भएको थियो ।

चालू आवको आठ महिनामा भने अपर माई ‘सी’ ५.१ मेगावाट, ढुंगे जिरी ०.६ मेगावाट, सभा खोला चार मेगावाट, पुवा खोला चार मेगावाट, फावाखोला पाँच मेगावाट, थापा खोला १३.६ मेगावाट, सर्दिखोला चार मेगावाट, चाकेखोला २.८ मेगावाट, मिदिमखोला तीन मेगावाट, स्यौरीभूमि ०.२ मेगावाट र चमेलिा ३० मेगावाटका आयोजना मात्रै सम्पन्न भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनी मार्फत सरकारको समेत लगानी रहेका ७१० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् ।

दुई सय ९२ किलोमिटर प्रसारण लाइन थप

गत वर्षको आठ महिनाभन्दा चालू आवको आठ महिनामा २९२ किलोमिटर प्रसारण लाइन थप भएको छ । गत वर्ष विद्युत् प्रसारण लाइन तीन हजार २०४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएकामा यस वर्षको आठ महिनामा तीन हजार ४९६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।

आव २०७२÷७३ मा विद्युत् प्रसारण लाइन दुई हजार ८४८ सर्किट किलोमिटर रहेको थियो । प्रसारण लाइन निर्माणमा जोड दिएको बताए पनि वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जा वितरणमा देखिएको समस्या तथा स्थानीयवासीको अवरोधका कारण प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसकेको हो । प्राधिकरणले प्रसारण लाइन निर्माणमा विशेष जोड दिएको बताए पनि रणनीतिक महत्वका ४५ प्रसारण लाइन निर्माणमा गति पैदा हुन सकेको छैन ।

अधिकांश प्रसारण लाइनमा समस्या देखिएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसकेको हो ।

विद्युत् ग्राहक ६ लाखले बढे

दुई वर्षको अवधिमा विद्युत् ग्राहकको संख्यामा ६ लाखले बढोत्तरी भएको छ । आव २०७२÷७३ मा २९ लाख ६९ हजार ५७६ बाट ५.१ प्रतिशतले बढेर गत आवमा ३१ लाख २१ हजार ९०२ पुगेको थियो भने चालू आवको आठ महिनामा ३५ लाख ९२ हजार पुगेको छ ।

प्रत्येक वर्ष विद्युत्को ग्राहक बढ्दै गएकाले नेपालभर नै विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य पूरा गर्न थप सहज हुने भएको छ । ग्रामीण क्षेत्रका कूल १० घरमध्ये तीन घरमा अझै पनि ऊर्जाको पहुँच नपुगेको सन्दर्भमा ती क्षेत्रका नागरिकलाई सहज विद्युत् आपूर्तिका लागि सरकारले अझै मिहेनत गर्नुपर्ने देखिएको छ ।

ऊर्जा मन्त्रालयले केही समयपहिले सार्वजनिक गरेको श्वेतपत्रमा आगामी पाँच वर्षभित्रै विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
रासस

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top