आज ६१३ संक्रमित थपिँदा ७३९ डिस्चार्ज, थप ५ को मृत्यु

९ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

आजै ७ सय ३९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ५ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ४७ हजार ४ सय जना संक्रमणमुक्त भएका छन् भने १८ सय ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हाल देशभर ७ हजार ३ सय ८४ सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top