×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

गणतन्त्र स्मारक अन्तिम चरणमा तर स्तम्भ अन्योलमा

१४ जेष्ठ २०७५

काठमाडौँ, १४ जेठ
सात वर्षअघि निर्माण शुरु भएको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ ।

शहरी विकास तथा भवन निर्माण विभागले सो स्मारक निर्माण गरेको हो । स्मारक सञ्चालन कसले कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि मस्यौदा भइरहेको विभागका उपमहानिर्देशक मणिराम गेलालले राससलाई बताए ।

Advertisement
Advertisement

लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रुपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा छन् । राणा शासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएका ज्यूँदा शहीदका नाममा सम्झनास्वरुप खम्बा निर्माण गरिएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले जानकारी दिए । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ ।

“जनआन्दोलनका शहीदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरी पनि निर्माण गरिएको छ, स्मारक अण्डाकार संरचनाको छ, जहाँबाट रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार हुनेछ”, वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले भने ।

स्मारकमा ‘शहीदको रगत खेर जाने छैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राख्ने तयारी गरिएको छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालयलगायतका संरचनासमेत निर्माण भएको छ ।

यसअघि नारायणहिटी दरबार क्षेत्रमा रहेको टुकुचा नदीको चौडाइ विस्तार गरिएको छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने उनले बताए ।

नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले निर्वाह गरेको भूमिकाका विभिन्न तस्वीर र कलाकृतिलगायतका सामग्री राखिनेछन् ।

स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि शहीदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ । यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता प¥यो भन्ने देखाउँछ ।

हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिनेछ । नेपालको तीनवटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ, कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भूभाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले शहीदका चार स्मारकलाई उज्यालो बनाउँछ ।

“किरणका माध्यमबाट शहीद, बेपत्ता र अङ्गभङ्ग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतिकात्मक अर्थ दिनेछ”, उनले भने ।

विसं २०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण चार वर्ष ढिला भएको विभागले जनाएको छ ।

स्मारक प्रवेशमा शुल्क नलाग्ने

स्मारकमा प्रवेश गर्नका लागि शुल्क नलाग्ने गरी कार्यविधि निर्माण भइरहेको विभागका उपमहानिर्देशक गेलालले सुनाए । कार्यविधि मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयन हुनेछ । नारायणहिटी दरबार सङ्ग्रहालय भ्रमणका लागि भने तोकिएअनुसार टिकट काट्नुपर्नेछ ।

भ्रमण र अध्ययनका लागि आउने सर्वसाधारण, विद्यार्थीका साथै विदेशी पर्यटकलाई नेपालमा लोकतन्त्र प्राप्तिको चित्र र संघर्षलाई भावनात्मकरुपमा देखाउने एवं बुझाउने स्मारकको मूल लक्ष्य हुनेछ । सङ्ग्रहालय प्रमुख रोहितकुमार ढुङ्गानाले स्मारक अन्तिम चरणमा पुगेको देखिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने थाहा नभएको बताए ।

एकैपटकमा १०० जनाभन्दा बढीले स्मारक भ्रमण गर्न सक्नेछन् । स्मारक निर्माणमा भारत र चीनका प्राविधिक संलग्न थिए ।

रु ३५ करोडमा सम्झौता भए पनि स्मारक निर्माणका लागि रु ४० करोड लागेको बिकोइ÷स्काई÷बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताए । आन्तरिक साजसज्जाको काममात्र बाँकी रहेको उनको भनाइ थियो ।

बजेट अभावले अन्योलमा गणतन्त्र स्तम्भ

स्मारकसँगै निर्माण हुने भन्ने चर्चामा आएको गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ । स्तम्भको ड्रइङ, डिजाइन सबै तयार भए पनि बजेटको सुनिश्चितता नहुँदा स्तम्भ अन्योलमा रहेको विभागले जनाएको छ ।

स्तम्भ निर्माण गर्न रु एक अर्ब ८७ करोड बराबरको लागत अनुमान गरिएको वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले सुनाउनुभयो । स्तम्भ निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगै जोडिएको काठमाडौँ महानगरपालिका वडा नं १४ गाङ्खेलको ६० रोपनी जग्गा दिने सहमति गरेको छ । सहमतिबमोजिम मन्त्रिपरिषद्ले निर्णय गरी स्तम्भका नाममा सो जग्गा छुट्याइसकेको छ ।

स्तम्भ ९४ मिटर उचाइको बनाइने योजना छ । यसअघि १५० मिटर अग्लो स्तम्भ निर्माण गर्ने तयारी गरिएकामा नमूना परिवर्तन गरी ९४ मिटरमा झारिएको विभागले जनाएको छ ।

अलपत्र राष्ट्रिय शहीद स्मारक

विसं २०६३ वैशाख ११ गते लोकतन्त्रको स्थापना भएसँगै शुरु गरिएको राष्ट्रिय शहीद स्मारक निर्माणको काम १२ प्रवेश गर्दा पनि अलपत्र छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

स्मारकमा राणा शासनदेखि पछिल्लो जनआन्दोलनसम्मका शहीदका नाममा स्तम्भ, शहीद सङ्ग्रहालय, पुस्तकालय, शान्ति स्तम्भ, निजामती पार्क र ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संरक्षणविद्को सम्झनामा घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ ।

साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत द्वन्द्वोत्तर शान्ति परियोजनाले निर्माण गरिरहेको स्मारक मन्त्रालयको खारेजीसँगै अलपत्र बनेको हो । निर्माण व्यवसायीको लापरवाहीले स्मारक अलपत्र बनेको निर्माण कार्यदल कार्य सम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए ।

Advertisement

शान्ति मन्त्रालय खारेजी भएपछि आगामी आर्थिक वर्षमा कुन मन्त्रालयबाट स्मारक निर्माणका लागि बजेट आउँछ भन्ने अझै अन्योल रहेको उनले सुनाए ।
रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top