बेलायत लगायतका देशबाट फर्कने सबैको पिसिआर परीक्षण गरिने

१२ पुस, काठमाडौं ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परिवर्तित स्वरुपको कारोना भाइरस संक्रमण देखिएका बेलायत लगायत देशबाट नेपाल फर्कने सबै जनाको नमूना संकलन गरी पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले परिवर्तित स्वरुपकोे कारोना भाइरस संक्रमण देखिएका देशबाट फर्केका सबैकोे परीक्षण गरी संक्रमण पुष्टि भएमा जिन सिक्वीन्सिङ् समेत गर्ने निर्णय भएको जानकारी दिए।

Advertisement

यसैगरी, मन्त्रालयले कोरोना अस्पतालको सूचीबाट मेडिकल कलेज बाहेकका अन्य सबै निजी अस्पतालहरूलाई हटाउने समेत निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पछि सोध भर्ना पाउने गरी निजी प्रयोगशालाबाट हुँदै आएको पिसिआर परीक्षण समेत आजैदेखि स्थगित गर्ने निर्णय भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top