अवैद्य औषधीको कारोवार गर्ने धरानको एक मेडिकल हल संचालक पक्राउ

अवैद्य औषधीको कारोवार गर्ने धरानको एक मेडिकल हल संचालक पक्राउ

१३ पौष, सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् ।

मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका-६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले निजको मेडिलक हलबाट गायसीक्लोमाइनहाईड्रोक्लोराइड ट्याब्लेट्स आईपी डेकोलाइस बट्टामारहेको ७००० ट्याब्लेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याबलेट तथा ट्रमाडोल हाईड्रोक्लोराईड क्यापस्युलस् टीपी ट्रमाडेक्स खुल्ला अबस्थामा रहेको ९८० ट्याब्लेट बरामद गरेको छ ।

अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.