एएफसीको खेल लाइसेन्स आर्मीले मात्रै पायो

१३ पुस, काठमाडौं ।

शीर्ष डिभिजन खेल्ने नेपालको विभागीय टोलीले एसियाली फुटबल महासंघ (एएफसी) बाट केही दिन अगाडि मात्र एएफसी लाइसेन्स प्राप्त गरेको छ ।

ए डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँएसँगै अब आर्मीले मात्रै एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने भएको छ । पाएको मान्यतालाई जोगाउन भने आर्कीका लागि पक्कै सहज छैन ।

कुनै समय दक्षिण एसियामा बलियो मानिने नेपाली फुटबल पछिल्लो समय विभिन्न उतारचढावले गर्दा लयमा नदेखिनु तितो यथार्थ हो । एएफसीका प्रतियोगितामा बलियो चुनौती दिँदा दर्शकको वाह वाह बटुल्ने गरेको नेपाली क्लबले पछिल्ला केही संस्करण प्रतिनिधित्व गर्न सकेनन ।

कहिले विनाशकारी महाभूकम्प त कहिले फुटबल भित्रको आन्तरिक किचलोले नेपाली फुटबल भूमरीको भूंग्रोमा फस्यो । तर पनि विभागीय टोली हुनुको अर्थले आर्मीले एएफसीको लाइसेन्स पाउन सक्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता चुनौती नहुने फुटबलका विश्लेशक सञ्जीव मिश्रले बताउँछन् ।

फुटबल विकासका लागि शीर्ष डिभिजन लिग खेल्ने क्लबलाई एएफसी लाइसेन्स प्रदान गर्दै फुटबल अगाडि बढाउने हेतु राखेको एएफसीले नेपालको एक मात्र क्लब त्रिभुवन आर्मी क्लबलाई मान्यता दिँदा अन्य शीर्ष डिभिजनका क्लबले मापदण्ड पूरा हुन नसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्विकार गरे ।

विभागीय टोली त्रिभुवन आर्मी पछिल्लो पटक सम्पन्न शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता हो । मोफसलका केही प्रतियोगितामा उपाधि जित्दै अन्य क्लबलाई बलियो चुनौती दिन आर्मीलाई अन्तर्राष्ट्रिय स्तरका क्लबसँग प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन ।

त्यसो त विभागीय टोलीमा राष्ट्रिय टोलीको जर्सी पहिरिने खेलाडी पनि समावेश भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका केही प्रतियोगितामा अनुभव बटुलिसकेका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन बलियो पक्ष हुनेछ ।

अन्य क्लबलाई भन्दा आर्मीलाई साख जोगाइ राख्न वातावरण तुलना गर्दा केही सहज छ । आफ्नै मैदान, खेलाडीले पाउने सेवा र सुविधा आर्मीका लागि थप हौसलाका पाटा हुन । पूर्वाधारको अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरका क्लबलाई टक्कर दिने तयारीमा जुट्नु मिहिनेत जरुरी हुन्छ ।

यसका अलावा आर्मीलाई एएफसीले गरेको विश्वास र फुटबल विकासमा राखेको अपेक्षालाई पूरा गर्न दृढताका साथ लाग्नुको विकल्प छैन । देशको सुरक्षा सम्हाल्ने नेपाल आर्मीलाई फुटबलबाट समेत देशको साख उचो बनाउने अवसर मिलेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top