पूर्वी अफगानिस्तानमा सेनाको कारबाहीमा नौ सर्वसाधारण मारिए

Share this
716shares

जलालबाद, अफगानिस्तान,  जेठ १५
अफगानिस्तानको पूर्वीप्रान्त नान्गहारमा अफगान सुरक्षा बलले तालिाबान आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा नौ सर्वसाधारण मारिएको आशङ्का गरिएको छ ।

Advertisement

गएराति भएको यस कारबाहीमा कम्तीका नौ जना सर्वसाधारण मारिनुको साथै अन्य आठ घाइते भएका आशङ्का गरिएको अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

उक्त प्रान्तको चापाहार जिल्लाको चिनो केली गाउँमा गएराति अफगान विशेषबलले आतङ्ककारी लक्षित कारबाही चलाएको जनाएको थियो ।

Advertisement

तर सो सुरक्षा कारबाहीमा सर्वसाधारको ज्यान गएपछि त्यसको अनुसन्धान सुरु गरिएको बताइएको छ ।

कारबाहीको क्रममा सुरक्षाबल र आतङ्ककारीबीच भएको दोरोहो गोली हानाहानमा ती सर्वसाधारण हताहत भएका आशङ्का गरिएको हो ।

Advertisement

प्रान्तीय सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा यस हताहतको जानकारी दिएका पनि अर्के एक समाचरमा जनाइएको छ ।

सन् २०१७ मा तालिबान आतङ्ककारी समूहले जारी राखेका द्वन्द्व र हिंसाको क्रममा तीन हजार ४३० सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य सात हजार घाइते भएका संयुक्त राष्ट्रसंघीय मिसनले हालै मात्र जारी प्रतिवेदनमा जानकारी दिएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top